शहिदको सपना पुरागरि छाड्ने नेकपाका प्रवक्ताको प्रतिवद्धता

१० कार्तिक,कालिकोट । विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड)ले शहिदको सपन नभुलेको र पुरागरि छाड्ने प्रतिवद्धता दोहोर्याउनु भएको छ ।

पार्टी प्रशिक्षणका लागि गृह जिल्ला कालिकोट पुग्नु भएका प्रवक्ताले आज विहान जिल्लाको खुलालुका जनता संगको संक्षिप्त भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै शहिदको सपना आफ्नो पार्टीले मात्र पुरा गरि छाड्ने प्रतिवद्धता दोहोर्याउनु भएको हो ।

प्रवक्ता प्रकाण्डले प्रचण्ड वावुरामहरुले शहिदको सपना अलपत्र पारेको भन्दै जनयुद्ध र शहिदको सपना कुनै पनि हालतमा अलपत्र पर्न नदिने वताउनु भयो । उहाँले कालिकोटे जनताको जनयुद्धमा ठुलो त्याग,तपस्या,र वलिदान भएको उल्लेख गर्दै फेरी क्रान्ति पुरा नभएकाले क्रान्ति पुरा गर्न लागि पर्नु पर्ने वताउनु भयो ।

सो अवसरमा प्रवक्ता प्रकाण्डले खुलालुमा वन्न लागेको पुल आफु मन्त्री हुदा नै योजनामा पारेको र अहिले सम्म वन्न नसक्नु दुखद भएको भन्दै तुरुन्त पुरा गर्न कनकाई नेपाल प्रगति जेभि कम्पनीलाई निर्देशन दिनु भयो ।

पुलको अनुगमन समेत गर्नु भएका प्रवक्ताले सरकार दलाल भएकाले विकास निमार्णका काममा ढिलासुस्ती गरेको आरोप लगाउनु भयो । भोलि देखि साविक कर्णालीका ५ जिल्लाको डिसिएम स्तरिय प्रशिक्षण कार्यक्रम जिल्लाको माल्कोटमा हुने छ ।

सोही कार्यक्रमलाई प्रवक्ताले प्रशिक्षण दिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस