नेकपा (माओवादी) शान्नित्रिवेणी गाउँपालिकाको बैठक सम्पन्न

१२ पुस, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) शान्नित्रिवेणी गाँउपालिकाको १० औं पूर्ण बैठक शुक्रवार सम्पन्न भएको छ । बैठकले पार्टीलाई सुदृढ तथा विस्तार गर्ने, उत्पादनका काममा जोडने लगायतका निर्णयहरु गरेको छ ।
बैठकमा पालिका इन्चार्ज राजन, सल्लाहकार आईटम,निर्माण र सुझाव सीले बोल्दै जनताको पक्षमा दृढतापूर्वक उभिने पार्टी माओवादी मात्र भएको बताएका थिए । उनीहरुले सर्वपक्षीय सरकार गठन गरेर निर्वाचनमा जाँदा मात्र देशले सहि निवास पाउनेमा जोड दिएका थिए
पालिका सेक्रेटरी सुवास सीको अध्यक्षमा बसेको बैठकमा पालिका इन्चार्ज राजन सी, सल्लाहकार आईटम सी, निर्माण सीको आतिथ्यता रहेको थियो । बैठकमा गाउँ कमिटिका सदस्यहरुले पार्टी नेताहरु जनतासम्म पुग्नुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस