यो सरकारबाट संघीयता र गणतन्त्रको रक्षा हुन सक्दैनः महिन्द्रराय यादव

१५ चैत्र, काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले वर्तमान सरकारबाट संघीयता र गणतन्त्रको रक्षा हुन नसक्ने बताउनु भएको छ ।

समाजवादी मोर्चा नेपालले शुक्रवार काठमाडौमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष यादवले वर्तमान सरकारबाट संघीयता र गणतन्त्रको रक्षा हुन नसक्ने बताउनु भएको हो ।

उहाँले सरकार वेथिति, भ्रष्टाचार र अप्राकिृत भएको भन्दै जसले गर्दा प्रतिगामीहरुको चलखेल बढेको बताउनु भयो ।

उहाँले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्ष र समानुपातिक समावेशी संविधानका चार खम्बा भएको जिकिर गर्दै समानुपातिक समावेशी हटाउन वर्तमान सरकार लागि परेको आरोप लगाउनु भयो ।

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा संविधानको रक्षा गर्न ठुलो चुनौती खडा भएको भन्दै सरकारको भ्रष्टाचारी प्रवृत्तिका कारण पूर्वराजावादी र पूर्वपञ्चहरुले टाउको उठाउने मौका पाइरहेको बताउनु भयो ।

उहाँले प्रतिगामी, पुनर्उत्थानवादी शक्तिहरू देशलाई कमजोर बनाउने प्रयत्नमा लागेको भन्दै परिवर्तन पक्षधर शक्तिहरू एक हुन जरुरी भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस