वैशाख १५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही नागरिक सडकमा मागेर हिड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ ।
राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले गरीब र अशक्तलाई सरकारले खान, बस्न जिम्मा लिने दाबी गर्नुभयो । उहाँले अगामी पन्ध्रौं योजनाको अवधिमा निरपेक्ष गरीबीको रेखा मुनिको प्रतिशतमा कमि आउने बताउनुभयो ।
हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाक्षांका साथ अगाडि बढेका छौ, प्रधानमन्त्री ओलीले भन्नुभयो, त्यसैले अब कोही पनि भोका रहने छैनन् । केही व्यक्ति सडकमा बाध्यतावश मागेर हिँडेको देखेमा तुरुन्त फोन गर्नुस् ।
प्रधानमन्त्री ओलीले जमीनको हदबन्दीमा लचिलो भएर हरेक क्षेत्र र भूगोललाई उत्पादनमुखी र व्यवसायिक बनाउँदै नेपाललाई स्वाधीन र समृद्ध बनाइने पनि बताउनुभयो ।