जेष्ठ १४, कालिकोट । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका नगर दलित संजालले मंगलबार खाँडाचक्र नगरपालिका नगर प्रमुख र उप–प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।
आगामी नगरको निति तथा कार्यक्रममा दलित अधिकार सुनिश्चितका लागी नगरपालिकाले आगामी निति तथा कार्यक्रममा ब्यवस्था गर्न माग सहित नौ वुद्धे ज्ञापन पत्र पेस गरेका हुन ।
ज्ञापन पत्रमा दलित समुदायको क्षमता बिकास, परम्परागत पेशा लाई आधुनिकिकरण, जातिय छुवाछुत मुक्त नगरपालिका बनाउन निति तयार गरि पारित गर्ने, नगरपालिकाको कुल बजेटको दलित समुदायको जनसंख्याको आधारमा कम्तीम २९ प्रतिसत बजेटको ब्यवस्था गरिनु पर्ने उल्लेख छ ।
साथै दलित अधिकार प्रवद्धन तथा शसक्तिकरणका लागी दलितका गुनासा सुन्ने छुटै बिभागको ब्यावस्था, नेपालको सविधान २०७२ को धारा ४० को उपधारा २ अनुसार दलित बिद्यार्थीलाई प्राथमिक देखी उच्च शिक्षा सम्म छात्रवृति सहित निशुल्क शिक्षाको ब्यावस्था, प्राविधिक र ब्यवसाहिक उच्च शिक्षामा दलितका लागि बिशेष ब्यवस्था, बिकास तथा सेवा प्रदायक निकायमा दलितहरुको अर्थपुर्ण र समानुपातिक सहभागिता गराउन माग गरेका छन ।
दलित अधिकारक्रर्मिले पेश गरेको पत्रमा दलित समुदाय भित्र रहेको असाहय, अनाथ, टुहुरा, अपाँगता भएका बलबालिकाको परिचाहन गरि उनीहरुलाई शैक्षिक सामाग्रि प्रदानका साथै आय आर्जनमा सहयोग पुग्ने कार्यक्रम, बिपन्न र आवास तथा भुमिहिन दलित समुदायका घरपरिवारलाई घर तथा भुमिको ब्यवस्था लगायतका कार्यक्रम नगरपालिकाले तय गर्नु पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन बुझ्दै नगर प्रमुख जसिप्रसाद पाण्डेले जायज मागहरुलाई सम्बोधन गरिने बताउनुभयो । उहाँले समाजिक तथा आर्थिक रुपले पछाडी परेका समुदायलाई मुलधारमा ल्याउने स्थानिय सरकारको निति नै भएको बताउनु भयो ।
उप–प्रमुख बिजया बिष्टले मागहरु पुरा गर्नका लागि हदै सम्म प्रयास गरिने बताउनु भयो । नीति तथा कार्यक्रम पूर्व ज्ञापन पत्र प्राप्त भएकाले पनि योजनामा राख्न सजिलो हुने उहाँको भनाई थियो । नगर दलित संजालका अध्यक्ष रमेश नेपालीले दलित समुदायका सवाललाई प्रभावकारी रुपमा उठान गर्नका लागि यो संञ्जालले निरन्तर काम गर्ने बताउनु भयो ।