धेरै संभावना बोकेको नेपाल विकास नहुनुमा राजनीतिक कारण: प्रचण्ड

जेठ १४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संभावना धेरै भए पनि सदुपयोग गर्न नसक्दा देश विकास हुन नसकेको बताएका छन् ।

 

 

हिमालदेखि तराईसम्म विविधता भएको नेपाल जातीय, भाषिक, साँस्कृतिक विविधतामा पनि धनी भएको उल्लेख गर्दै दाहालले विकास निर्माणलाई जोड दिनुपर्ने बेला आएको बताए ।

‘जनतालाई भड्काउने अब कुनै ठाउँ छैन,’ गन्तव्य नेपालले गरेको कार्यक्रममा दाहालले भने, ‘हामी पानीमा धनी छौं । सानदार एकता पनि छ। अब विकास निर्माणलाई गति दिनु छ ।’

धेरै संभावना बोकेको नेपाल विकास नहुनुमा राजनीतिक कारण रहेको उनले बताए । ‘नेतृत्वको झिनाझम्टी र हत्या प्रतिघटनाले नै संभावना हुँदाहुँदै पनि देश विकास भएन,’ दाहालले भने । अब देश विकासमा जुट्ने बेला आएको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस