११ भाद्र,काठमाडौ । प्राध्यापक डाक्टर युवराज संग्रौलाले राष्ट्रघाती एमसीसी सम्झौता कार्यान्वयनको विरोधमा नेपालका कम्युनिष्ट पार्टीहरुलाइ खुट्टा नकमाउन सुझाव दिएका छन ।
नेपाल कम्युनिष्ट पार्टीले सोमवार काठमाडौमा आयोजना गरेको एमसीसी परियोजना कार्यान्वयन विरुद्धको वृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै प्राध्यापक संग्रौलाले समाजवाद भन्न नसक्ने कम्युनिष्ट पार्टी र नेताले एमसीसीको विरोध गर्न नसक्ने पनि वताए ।
उनले भने “गरिव माथि कर लगाएर ठुला वडा माथि अनुदान दिने व्यवस्था सामान्तवादी व्यवस्था हो । त्यसकारण एमसीसी आयो । उहाँहरुलाई वामपन्थी मान्न मिल्दैन ।”
प्राध्यापक संग्रौलाले एमसीसी माथि विरोध गर्न चाहनेहरुले समाजवाद माथि मेरो आस्था छ भनि घोषणा गर्न कार्यक्रममा सहभागीलाई चुनौती दिए ।
उनले नेपालका कम्युनिष्ट पार्टीको गतिविधि प्रति असन्तुष्टि जनाउदै आफुलाई कसैले कम्युनिष्ट पार्टीमा वस्न भन्यो भने लाज लाग्ने पनि वताए ।
उनले भने “मलाई लाज लाग्छ । नेपालको कम्युनिष्ट पार्टीमा मलाई कसैले वस्न आउनु भनेर भन्यो भने । यो तपाईहरुलाई सम्झाउनको लागि हो । आत्मआलोचित वन्नको लागि हो ।”
उनले नवउदारवादको विरोध गरी समाजवादको पक्षमा उभिनुपर्ने वताउदै नेपाल माथि अमेरिकी हस्तक्षेपको एमसीसी खारेजीको अभियानमा लाग्न अनुरोध गरे ।
प्राध्यापक संग्रौलाले राज्य व्यवस्थालाई नै अविस्वास गरेर अर्को संयन्त्रवाट एमसीसी आउनु जाहेज नभएको भन्दै अव भारत र चीनवाट आउने योजनाको पनि के संसदवाट नै पारित गर्ने हो ? भनि प्रश्न गरे ।
संविधान भन्दा माथि हुने गरी आएको एमसीसी नेपाली जनताको लागि कुनैपनि हालतमा सहि हुन नसक्ने वताउदै उनले नेपाली जनतालाई चिडाएर यो सम्झौता नेपालमा लागु नगर्न अमेरिकालाई चुनौती दिए ।