युवा संगठन नेपाल, डडेल्धुराको जिल्ला सम्मेलन सम्पन्न

असाेज ११, डडेल्धुरा । रास्ट्रघाती, जनघाती र फासिवादी राज्यका विरुद्ध युवाहरुले शसक्त प्रतिरोध गरौ ! एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि दोश्रो जिल्ला सम्मेलन सफल पारौ !! भन्ने मुलनाराका साथ नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल, डडेल्धुराको दोश्रो जिल्ला सम्मेलन सुक्रबार सम्पन्न भएको छ । संगठनले  ३ महिने संगठन सुदृढ तथा विस्तार अभियानको पनि उद्घाटन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि युवा संगठन नेपाल केन्द्रीय समितिका उपाध्यक्ष तथा पश्चिम कमाण्ड इन्चार्ज दिनेशले पतित केपी–प्रचण्डको कथित कम्युनिस्ट बदनाम सावित सरकार दिन प्रतिदिन निरंकुश र फासिवादी बन्दै गएको हुनाले युवाहरुले शसक्त प्रतिरोध गर्नुको विकल्प नरहेको बताउनु भयो । रास्ट्रघात र भ्रष्टाचारले सिमा नाघेको बेला प्रचण्ड र केपीको सरकार भ्रष्टाचारीलाई कार्वाही गर्नुको साटो उल्टै संरक्षण गरेको आरोप लगाउनु भयो । ३ महिने संगठन सुदृढ तथा विस्तार अभियान व्यापक र घनिभुत पार्न निर्देशन दिनु भयो । उहाँले अर्को प्रसंगमा भन्नु भयो किसान आन्दोलनका नेता भिमदत्त पन्तको जन्म भुमी भएको हुनाले डडेल्धुराका युवाहरु विद्रोह र क्रान्तिमा जहिले पनि साथ दिंदै आएको बताउनु भयो ।

 

कार्यक्रममा विशेष अतिथि जिल्ला इन्चार्ज अनमोल युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा सेम व्युरो इन्चार्ज जीवन, जनसरकार प्रमुख सन्तोष र अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष शंकर लगायतका नेताले सम्मेलन सफलताको शुभकामना दिनु भएको थियो सम्मेलनले शिरीसको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस