घर भाडा र व्यवसायिक कर छुट गर्न होटल व्यवसायिको माग


असोज १२ कोहलपुर । होटल व्यवसायी संघ बाँकेले घर भाडा र व्यवसायिक कर छुट गर्न कोहलपुर नगरपालिका समक्ष माग गरेको छ ।
कोहलपुर नगरपालिकाका प्रमुख लूटबहादुर रावतलाई ज्ञापन पत्र बुझाउँदै संघले घर भाडामा लिएर सञ्चालनमा रहेका होटलहरुको बन्दाबन्दी अवधीमा कारोवारो नै चौपट भएको भन्दै २ महिनाको घर भाडा छुटका लागि पहल गरिदिन आग्रह गरेको छ ।
कोरोनाको प्रभावले होटल र पर्यटन क्षेत्रमा ठूलो प्रभाव पारेकोले स्थानीय सरकारले होटल र पर्यटन व्यवसायीहरुलाई राहत कार्यक्रम ल्याउन माग गरिएको संघका बाँके महासचिव खेमराज शर्माले जनाउनु भएको छ ।
यसैगरी संघले स्थानीय सरकारले लिदै आईरहेको व्यवसायिक कर मिनाहाका लागी पनि आग्रह गरेको छ । आर्थिक वर्ष २०७६ र ०७७ को व्यवसायिक कर मिनाहाका लागी नीतिगत रुपमै व्यवस्था मिलाई दिन ज्ञापन पत्र मार्फत माग गरिएको संघका अध्यक्ष एकनारायण चापागाईले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस