बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु


असोज १२ नेपालगन्ज । बाँकेमा होम आइसोलेसनमा बस्दै आउनु भएकी जाजरकोटकी कोरोना सक्रमित एक महिलाको मृत्यु भएको छ । नेपालगंन्ज मेडिकल कलेज कोहलपुरमा जाजरकोट जुनीचदी–५ की ७६ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भयो ।

उहाँ जाजरकोटमा बिरामी भएपछि नेपालगंन्ज आउनु भएको थियो । कोहलपुरमा उहाँका छोरा बस्दै आएका छन् । उहाँको असोज ६ गते कोरोना पुष्टि भएको थियो । होम आइसोलेसन बसेकै बेला स्वास्थ्य अवस्था खराब हुँदै गएपछि उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैँजादै गर्दा उहाँको मृत्यु भएको जनाइएको छ ।
६० वर्ष माथिकालाई होम आइसोलेसनमा राख्न पाउने प्रावधान भएपनि कसैसँग समन्वय नगरेर ती महिलालाई होम आइसोलेसनमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुबाङले बताउनु भएको छ । बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस