नेकपा वर्दिया द्धारा गिरफ्तार जनतालाई रिहा गर्न माग

आफ्नै गोलि लागि प्रहरी घाईते भएको दावी

माघ १५, वर्दिया । नेपाल कम्युनिष्ट पार्टी वर्दियाले पार्टीका शुभ चिन्तक जय व.ठाडा र सर्बसाधारण रोहित सुनारलाई बिना कारण अपहरण शैलीमा मंगलवार गिरफ्तार गरिएको घटनाको घोर निन्दा एवम भन्र्सना गरेको छ ।

जिल्ला इन्चार्ज विकास र सेक्रेटरी प्रकासमानको संयुक्त हस्ताक्षेरमा वुधवार प्रेश विज्ञप्ति जारी गरि गिरफ्तारीको घोर निन्दा एवम भत्सर्ना गरिएको हो ।

विज्ञप्तिमा पार्टीका निशस्त्र कार्यकर्ता जनसंगठन विस्तारको सिलसिलामा मधुवन नगरपालिकाको ढोडरीमा जनतासंग भेटघाट तथा छ्लफल गरिरहेको वेला त्यही मौकामा सुराकीका कारण निशस्त्र कार्यकर्ता र जनता माथि बादल गृह प्रशासनका शशस्त्र जत्थाले माघ १४ गते घेराहाली एकोहोरो फाइरिङ्ग गरी कार्यकर्ता र जनतालाई नियन्त्रणमा लिने प्रयास गरेको जनाइएको जनाइएको छ ।

विज्ञप्तिमा चोक्टा खान गएकि वुढी झोलमा डुवी भने जस्तै विप्लव कार्यकर्ता भनि हानेको गोली आफ्नै पंक्तिको एकजना प्रहरी गंगाराम चौधरी लाई लागी घाइते भएको र उक्त घटनालाई तोडमोड गरी दोहोरो भिडन्त भनि गरिएको कुप्रचारलाई हामो पार्टी खण्डन गर्दै घोर भत्सर्ना एवम विरोध गर्न चाहन्छौ भनिएको छ ।

नेकपाले विज्ञप्ति मार्फत घटना निन्दनीय भएको भन्दै कडा विरोध सहित घोर भत्सर्ना गरी गिरफ्तार जनतालाई यथासिघ्र रिहा गर्न माग गरेको छ ।

विज्ञप्तिकाे पुर्णपाठ

प्रतिक्रिया दिनुहोस