नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरता भएकोले लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

१५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरता पनि भएकोले लगानीको राम्रो अवसर रहेको बताउनभुएको छ ।

नेपाल लगानी सम्मेलन २०७५ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपाल र नेपालीको लामो समय देखिको सामाजिक र आर्थिक रुपान्तरणको सपना पुरा हुदै गरेको बताउनुभयो ।


प्रधानमन्त्री ओलीले विभिन्न देशबाट आएका लगानी कर्ताहरुलाई अपार अवसर भएको क्षेत्रमा लगानी गरी ३ करोड इमान्दार र मेहनती जनताको जीवन स्तर उकास्न सहयोग गर्न आह्वान समेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले आधार बर्षको रुपमा गएको एक बर्षलाई नीतिगत र कानुनी सुधार बर्षको रुपमा लिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाललाई सन् २०३० सम्ममा सहस्राब्दी लक्ष्य हासिल गर्दै देशलाई मध्यमस्तरको आम्दानी भएको देशका रुपमा रुपान्तरण गर्न चाहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस