१६ बैसाख, कालिकोट । नेकपाका केन्द्रीय सदस्य रणदिप सीले समाजवाद बिना महिलाहरुको पूर्ण मुक्ति असम्भव रहेको बताउनु भएको छ ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) पचालझरना गाउँपालिकाको दोस्रो भेलालाई सम्वोधन गर्दै नेकपाका केन्द्रीय सदस्य रणदिप सीले समाजवाद विना महिलाहरुको पूर्ण मुक्ति असम्भव भएको बताउनु भएको हो ।
उहाँले १० बर्षको जनयुद्धले चुलो चौकोमा सीमित महिलाहरुलाई केही हदसम्म अधिकार दिएपनि पूर्ण अधिकारकालाई समाजवाद आवश्यक भएको बताउनु भयो ।
दोस्रो पालिका भेलाले लक्ष्मी सीको अध्यक्षतामा २१ सदस्सीय पालिका कमिटी समेत निर्वाचित गरेको छ ।
भेलाले उपाध्यक्षमा जयकौरा शाही, सचिवमा पुन्ना तिरुवा र कोषाध्यक्षमा चल्ली ऐडी निर्वाचित गरेको छ । भेलाले ५ सदस्य मनोनित गर्ने निर्णय गरेको छ ।
भेलामा निर्वाचित टिमलाई कार्यक्रमका प्रमुख अतिथि रणदिप सीले अविर आवरण गर्दै कार्यकाल सफलताको शुभकामना सहित बधाई दिनु भएको थियो । भेलामा दिगदर्शन र विशाल सीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।