बैशाख १६, कालिकाेट । मान्ममा आयोजित एक कार्यक्रमका सहभागिहरुले परम्परागत सोचाइका कारण एकल महिला र विभिन्न महिलाहरु प्रति हेर्ने दृष्टिकोण नकरात्मक रहेको वताएका छन ।
आईतबार मान्ममा आयोजित एकल महिलाहरुका लागी समस्या चुनौति र अबसर विषयक एक दिने अन्तरक्रिया कार्यक्रमका सहभागी एकल महिलनहरुले यस्तो बताएका हुन ।
मानबअधिकारका लागी एकल महिला समुह ९ वटै स्थानिय तहका एक एक जना एकल महिलाहरुको उपस्तिथीमा एकल महिलाहरुको हक अधिकार र आयआर्जनका कार्यक्रम संचालनका लागी ९ वटै स्थानिय तहमा के कस्ता खालका योजनाहरु तयार गर्नसकिन्छ भन्ने उदेश्यका साथ अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
मानबअधिकारका लागी एकल महिला समुह जिल्ला शाखा कालीकोटका महाँसचिब पद्मा तिरुवाको अध्यक्षता, कर्णाली प्रदेश सभा सदस्य माननिय संसद कुर्मराज शाहीको प्रमुख आतिथ्यतामा र नेकपा कालीकोटका सचिव नगेन्द्र ब.शाही नेस्नलको विशेस आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहभागि एकल महिलाको तर्फवाट बोल्दै सत्य बुढाले हाम्रो समाजमा सामाजिक विकृति,विसंगति र महिला हिंसा सम्वन्धिका थुपै गतिविधिहरु वढीरहेको छ । यस सम्वन्धि कुनै पनि विकास हुन सकेको छैन । हामि कहाँ पुगिसकेका छौ । तर हाम्रो समाज उहि परम्परावादी सोचमै धकेलीरहेको छ । यो परम्परागत सोचाइका कारण एकल महिला र विभिन्न महिलाहरु प्रति हेर्ने दृष्टिकोण भनेको उहि नेगेटीभनै रहेको वताउनु भयो ।
कार्यक्रममा वोल्दै पत्रकार महासंघका उपाध्यक्ष नमराज योगीले समाजको विकास गर्नका लागी एकल महीलाको हक र अधीकारलाई सुनिस्चित गर्नुपर्ने बताउनु भयो । जिल्लामा सयाँै एकल महिला छन तिनीहरुको लागी जिल्लाका नौ वटै स्थानीय तहले वजेट छुट्याउनु पर्ने बताउनु भयो । उहाँले एकल महिलाको हक हित र अधीकारका लागी सधै कलम चलाउने र सुचना समचार सम्प्रेसण गर्ने बताउनु भयो ।
कार्यक्रममा सोसेक नेपालका प्रभा बिश्वक्रर्मा र राजपा नेपाल कालीकोटका अध्यक्ष नरेन्द्र ब.शाहीले हामि हाम्रो समाजको विकास गर्न खोजिरहेका छौ । तर हाम्रो समाजको विकास गर्नु भन्दा पहिले एकल महिला प्रति हेर्ने दृष्टिकोर्ण र मानसिक चिन्तनको विकास भयो भने मात्र एकल महिला, दलित अपांगहरुले मुक्ति पाउन सक्ने वताउनु भयो । देशमा संघियता आइसक्यो तर हाम्रो समाजमा उहि रुडीवादी परम्परागत सोच मै रहेको वताउनु भयो ।
यस्तै कार्यक्रमका विशेस अतिथी नेकपाका जिल्ला सचिव नगेद्र ब.शाही नेस्नलले एकल महिला भनेको नै हाम्रै दिदी बैनिनै हुन । हाम्रो समाजको गन्ने मान्नेहरु वाटनै एकल महिलाहरु प्रति गरिने व्यवहारमा फरक आउन सकेको छै । एकल महिलाले कोहि परपुरुष संग वोल्दैमा,हिड्दैमा आसंका गरिहाल्ने । कुनै साइतको बेला एकल महिलालाई देख्यो कि बिग्रीन्छ भन्ने चिन्तन भएका महिला वा पुरुषले भोली यो धर्तिमा म पनि एक्लो हुन्छु भन्नेकुराको हेक्का राख्न जरुरी रहेको वताउनु भयो । जो एकल छ । जो अपांग छ । जो गरिव छ । जो पिडित छ । उसैको हितका लागी हामि सचेत नागरिकले सकारात्मक र सहयोगी भावनाले र्हेन जरुरी रहेको वताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा कर्णाली प्रदेश सभाका सदस्य माननिय संसद कुर्मराज शाहीले विभिन्न प्रकृतिका घाटनाहरु वाट श्रीमान गुमाएका एकल महिलाहरुलाई हामिले सम्मान गर्नुपर्ने वताउनु भयो । जोकि हाम्रो समाजमा श्रीमान गुमे पनि अर्को बिवाह नगरि आफ्नो सन्तानलाई पालन पोषण गरि वसिरहेका महिला दिदीवैनिहरुलाई नराम्रो सोचले हैन राम्रो सोचाइले हेर्नु पर्ने बताउनु भयो । प्रमुख अतिथि शाहीले एकल महिलाको जिवन यापनका लागी हरेक स्थानिय तहवाट पनि अनिवार्य सहयोग हुनु पर्ने बताउनुभयो ।
कार्यक्रमका सभाअध्यक्ष पद्मा तिरुवाले समाज अझै पनि अन्धो नै छ । श्रीमान गुमाएको पिडा त्यो महिलालाई कस्तो होला बुझ्नै सक्दैन । उल्टै पिडा दिइरहन्छ । तिरुवाले आफ्नो श्रीमान हुदा आफुलाई दिनमा ४ पटक नमस्कार गर्न आउने मान्छे आजभोली श्रीमान नहुदा आफु प्रति हेर्ने गिद्धे नजर फरक गर्न लागेको दुखेसो पोख्नुभयो ।