प्रतिबन्धको खाडलमा सरकार आफैः विराट

भदाै १२, कालिकाेट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालिकोटका इन्चार्ज बिराटले नेकपा माथी प्रतिवन्ध लगाउने सरकार आफै प्रतिवन्धको खाडलमा परेको वताउनु भएको छ ।

वुधबार जिल्लाको शान्नि त्रिवेणी गाउँपालिकामा पार्टीको २ नम्बर एरियाको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेता विराटले क्रान्तिकारी, तथा देशभक्त जनता वाट घृणीत भएको सरकार पछिल्लो समय चौतर्फि विरोधले आफै प्रतिवन्धमा परेको दावी गर्नु भयो ।

सरकारले आफ्ना नेता कार्यकर्ता मारेर, जेल हालेर, पक्राउ गरेर क्रान्ति नरोकिने भन्दै नेता विराटले आफ्नो पार्टी शान्तिपुर्ण परिवर्तनको पक्षमा रहेको जिकीर गर्नुभयो ।

उहाँले भन्नु भयो अहिले सरकार नक्कली कम्युनिष्टहरुको छ उनीहरुले लगाएको प्रतिबन्ध अहिले निल्नु न ओकल्नु भएको छ ।
कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य शान्ति, बुद्दिजिबि संगठनका धनराज शाही, युवा संगठनका सितल बिष्ट लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम एरिया ईन्चार्ज किरणको अध्यक्षतामा भएको थियो।

यसैविच नेकपाको रकु गाउँ कमिटिको बैठक पनि वुधवार सम्पन्न भएको छ । पार्टीका जिल्ला समिति सदस्य निर्भिकको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले ३ वटा सेल कमिटी गठन गरेको खडक विश्वकर्माले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस