माघ १६, बाँके । नेकपा दक्षिण कर्णाली ब्युरोकाे बैठक जनाधारित पार्टी निर्माणमा लाग्ने निर्णय सहित बैठक सम्पन्न भएको छ ।
बैठकले राजनीतिक बैचारिक प्रशिक्षण, उत्पादनमा आत्मनिर्भरता, मिटर ब्याजी, लघुबित्तको शाेषणकारी प्रवृत्ति एमसिसी र एनसिएलका बिरुद्व जनसंघर्ष गर्ने निर्णय सहित बैठक सम्पन्न भएको हाे ।
ब्युरो इन्चार्ज संगम सी को अध्यक्षता, स्थाई कमिटी सदस्य विषम सी को प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य तथा कर्णाली मुक्ती मोर्चाको अध्यक्ष बिराट सी काे आतिथ्यतामा सम्पन्न बैठक आइतबारदेखि बाँकेको काेहलपुरमा बसेकाे थियाे ।
बैठकले साँस्कृतिक अभियानलाई व्यापक बनाउन सामना साँस्कृतिक परिवार सहित साँस्कृतिक अभियान संचालन गर्ने निर्णय भएको बाँके जिल्ला इन्चार्ज रणदिप सी ले जानकारि दिनु भयो ।
प्रतिक्रिया दिनुहोस