खाँडाचक्रकाे दाँहा तल्सेरामा मनाइएको धान दिवशमा आयोजकको मनपरि

असार १५, कालिकाेट । कालीकोट जिल्लाका बिभिन्न स्थानमा धान खेतिमा प्रविधि र यान्त्रिकीकरण चामल आयातमा यूनिकरण भन्ने मुल नाराका साथ १६ औ राष्ट्रिय धान दिवश मनाइएको छ ।

धान दिवश मनाउनेक्रममा जिल्लाका बिभिन्न गाउपालीका र नगरपालीकाले आ आफनो पायक पर्ने स्थानमा धान दिवश मनाएका छन् । किसानले मैलो लुगा लगायर हिलोमा भिजेको शरिरको कुनै माया नगरि खेत साहादै धानको बिउ रोप्दै मनाउने गछन् भने गैर किसानले धान दिवश मनाउन जाँदा राज्यको रकमले किनियका नयाँ नयाँ भेष्ट पर्दशनि गर्दै अर्काको शरिरको ख्यालनै नगरि अराजक ढंगले हिलो छोप्दै सेल्फि हानेर धान दिबश मनाउने गर्छन ।

किसानहरुलाई गाउमा बाह्ै महिना हात मुख जोर्न धौ धौ छ तर शहरमा गैरकिसानलाई बर्षको एक दिन आउने किसानहरुको धान दिवशमा मनाउदा बिल मिलाउन भर्पाइ मिलाउन र गाडि बुकिंग गरेर जान, भोज भतेर गरेर खान ठिक्कै छ ।

गाउँमा गाईभैंसी बाँध्ने गोठ छैन, सदरमुकाममा दूधदही खाने ओठ छ । गाउँमा दूधदही दिने गाईभैंसी छैन, शहरमा दूधदही पाउने डेरी छ । गाउँमा रोपाईंको सुरसार नै छैन, सदरमुकाममा रोपाईंको तामझाम छ ।

कुलोमा पानी छैन । खेतमा हिलो छैन । आकाश हेर्दाहेर्दै रिंगटा लागिसक्यो । मूल फुट्ने गरि पानी परेको छैन । कहिले पानी पर्ला, खोलो सुसाउला, खेत हिलो होला र रोपाईं गरौंला भन्ने गाउँमा चिन्ता छ ।

तर सदरमुकाममा यी केहीको चिन्ता छैन । पानी नभए पनि एकछिन हिलो छोएर दहीचिउरा हसुर्ने बानी भएकाहरुको जमघट छ । हिलो खेलेको र दहीचिउरा खाएको फोटो फेसबुकमा राखेर रमाउनेहरुको ताँती छ ।

आज यस्तै भयको छ फेरि पनि सदरमुकाम मान्ममा । खाँडाचक्र नगरपालीकामा रहेको कृर्षि शाखा र कृर्षि ज्ञान केन्द्रको आयोजनामा मनाइएको १६ औ धान दिवशमा पनि होली खेलेजस्तो रमाइलो । जात्रामा जिस्किएजस्तो रमाइलो । एकअर्कालाई छुन मौका हेरेर बसेका ठिटाठिटीले मौकामा चौका हानेजस्तो रमाइलो । मेहनत र पसिनाबिनाको रमाइलो । क्षणिक आनन्दको लागि, फेसबुकमा फोटो राख्नको लागि रमाइलो मात्र गरि १६ औ धान दिवश मनाइएको छ ।

धान फलोस नफलोस् चिन्ता हुन्न । एकछिनलाई रमाइलो गर्ने हो, धान दिवस मनाइयो भनेर देखाउने हो । सेल्फी खिच्ने हो । फेसबुकमा फोटो राख्ने हो । बस् यति भएपछि पुग्छ । चामल त पसलमा किन्न पाइन्छ भन्ने शुकिला मुकिलाहरुको भनाई सुन्न पाइन्थ्यो ।

खाँडाचक्र नगरपालीकाको वडानं ६ सदरमुकाम मान्मा बाट पुर्व पट्रि रहेको वडा हो जुन वडामा पुग्न गाडीमा एक घण्टा लाग्छ । बिहानको ११ बजे गैर किसानहरुले हात हातमा प्लेकार्ड बोकेर सदरमुकाम मान्मको प्रतिमाचोक हुदै बजार पक्रिमा गरि मौन यात्रा गर्दै जिरो पइन्टबाट गाडि रिर्जव गरि सयौको संख्यामा दाँहाको तलसेरा पुगेर धान दिवश मनाइएको घोषणा गरेका थिय ।

सदरमुकाम मान्मको ३ नम्वर वडाबाट ३ बाल्टिन दहि, र सदरमुकाम मान्मको चिउरा बोकेर दाँहाको तल्सेरामा पुगि धान दिवश मनाउनको आन्तिक रहस्य के हो भन्दै गैर किसान सहभागिहरुको गुनासो रहेको थियो ।

१६ औ धान दिवश मनाउन गयका गैरकिसान आयोजकले कार्यक्रमको औपचारिक उद्धघाटन गर्न नपाउदै एक छेउमा धान रोपिराखेकि गाउकि सोझी महिला दिदिवहिनिहरुलाई हिलो छोप्ने काम गरिएको थियो ।

धान दिवश मनाउन आयोजक कृर्षि ज्ञान केन्द्र र खाँडाचक्र नगरपालीकाको कृर्षि शाखाले हिले दौड र डोरि तान्ने कार्यक्रमको आयोजना गरिए पनि कृर्षि ज्ञान केन्द्र र कृर्षि शाखाले मनपरि ढंगले आफनो नजिकको मान्छेलाई प्रथम द्धिर्तिय र तिर्तिय स्थानमा राखेर आँखाामा छारो हाल्ने तरिकाले पुरुस्कार बितरण गरेको थियो ।

हिलाम्मे खेतमा डोरि तान्ने खेलमा पत्रकार र जनप्रतिनिधि बिचको खेलमा पत्रकार प्रथम र कर्मचारि र किसान बिचको खेलमा किसानहरु प्रथम आयपछि फाइनलमा जाँदा किसान र पत्रकार बिच डोरि तान्दा पत्रकार प्रथम आउदा आउदै पनि कृर्षि ज्ञान केन्द्र कालीकोट र खाँडाचक्र नगरपालीकामा रहेको कृर्षि शाखाले किसानहरुलाई प्रथम मानि पुरुस्कार बितरण गरेपछि खेलमा सहभागिहरुले बिरोध समेत गरेका थिए ।

पुरुस्कार बितरणमा र खेलको मुल्यांकनमा कृर्षि ज्ञान केन्द्रका कर्मचारि र खाँडाचक्रमा रहेको कृर्षि शाखाका कर्मचारिहरुको मनपरि मुल्यांकनले धान दिवशमा खल्लोपन ल्यायको थियो ।

एक ठाउका चिउरा अर्को ठाउको दहि अर्को ठाउका भेष्टहरुको जमघट गर्न दाँहाको तल्सेरा पुग्नु पर्ने बाध्यता ल्याउने आयोकहरु प्रति सहभागिहरुले आक्रोस नै पोखेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही, खाँडाचक्र नगरपालीकाका प्रमुख जसि प्रसाद पाण्डे, उपप्रमुख बिजया बिष्ट, वडाअध्यक्ष हरुमा गणेश शाही, बृर्ख सिंह बिश्वकर्मा, धनसिगे कामि, खडानन्द चौलागाई, जगदिश शाही, पुष्पराज गिरि, कार्यपालीका सदस्य धर्मराज ताम्राकार लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भने कर्मचारिहरुमा खाँडाचक्र नगरपालीका अन्तरगत कृर्षि शाखाका प्रमुख प्रर्शराम काफ्ले, कृर्षि ज्ञान केन्द्रका निमित्त प्रमुख कमल सुनार, जिल्ला बन कार्यलयका प्रमुख लगायतका कर्मचारि, नेपाल पत्रकार महाँसंघका प्रदेश सदस्य बिष्नु न्यौपाने लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस