भाद्र १५, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले घर घरमा सिंहदरवार आयो भनिन्छ याे ब्यवस्था राणा देखि पन्च्यातकाल हुदै राजतन्त्र जारी रहेकाे ब्यवस्थालाई परिवर्तन भयाे भनी कुप्रचार गरिएकाे वताउनुभयाे ।
नेता बास्तोला कालिकोट पुग्दै गर्दा नेकपा कालिकोटले गरेको स्वागत कार्यक्रममा यस्तो बताउनु भएकाे हाे । नेता बास्तोलाले जनताकाे हातमा राजनिति प्रणाली नआएकाले आफ्नाे बिद्राेह जारी रहेकाे वताउनुभयाे ।
हाल चलिरहेकाे संसदिय ब्यवस्थाकाे अन्त्य नहुदा सम्म र प्राकृति स्राेत र जनताकाे श्रमलाई नजाेडे सम्म जनताकाे मुक्ति सम्भव नहुने वताउनुभयाे । प्राकृति स्राेत बिदेशिकाे हातमै भएका कारणले नेपाल गरिविकाे रेखामुनि रहेकाे दावि गर्नु भयाे ।
नेता बास्तोलाले पत्रकार सँगकाे कुराकानीकाे क्रममा बाेल्दै कुनै ब्यक्ति सँगकाे लडाइ भन्दा पनि ब्यबस्था सँगकाे लडाई रहेको बताउनु भयो । नेता बास्तोलाले संसदीय ब्यबस्थाकाे अन्त्य गरि बैज्ञानिक समाजबाद ल्याउन आफ्नो पार्टी लागि रहेको बताउदै याे ब्यबस्था परिवर्तनको लडाइँमा सहि सत्य समाचार सम्प्रेषण गरि सहयोग गर्न पत्रकारहरूलाई आग्रह पनि गर्नु भयो ।
भाद्र १६ र १७ गते हुने पार्टीकाे प्रशिक्षणको लागि सचिवालय सदस्य बास्तोला, केन्द्रीय सदस्य एटम बिसि कालिकोट आइपुग्ने भएको हाे । स्वागत कार्यक्रम जिल्ला ईन्चाज बिराट, रणदिप, नरहरिनाथ गाउँकमिटिका ईन्चाज शाहासि लगायतको उपस्थिति रहेको थियो ।