जनपत्रकार संगठनको सचिवालय बैठक सम्पन्न, बरिस्ठ पत्रकार सुदर्शनराज पाण्डेको स्वास्थ्य लाभको कामना

२० भाद्र, काठमाडौं । जनपत्रकार संगठन नेपालको सचिवालय बैठक सम्पन्न भएको छ । संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार साँझ भर्चुअल बसेको बैठकले जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य, बरिस्ठ पत्रकार तथा उत्थान साप्ताहिक पत्रिकाका सम्पादक सुदर्शन राज पाण्डेको स्वास्थ्य लाभको कामना गरेको छ ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि महाराजगन्जस्थित शिक्षण अस्पतालको आइसीयु कक्षमा उपचारार्थ पाण्डेको स्वास्थ्य लाभको कामना गर्दै संगठनको तर्फबाट उहाँको उपचारको लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हाे ।

सचिवालय बैठकले पत्रकार महासंघको आगामी निर्वाचनको आवश्यक तयारीमा सबै केन्द्रीय सदस्यहरूलाई आआफ्नो कार्यक्षेत्रमा लाग्न निर्देशन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले संगठनको प्रकाशन लगायतका कामकाजको लागि खाता संचालन गर्नुपर्ने भएकाले सचिव बसन्त विक र काेषाध्यक्ष दिपेश विष्टले संगठनको खाता संचालनकाे लागि अविलम्ब आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । संगठनको मुखपत्र प्रकाशनका लागि ताेकीएका ब्यक्तिहरूलाई लेख रचना पठाउन निर्देशन गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस