११ भाद्र, कालीकोट । बुधवार रसुवाको भोटेकोशीमा आएको बाढीपछि रोजगारी र कामको शिलशिलामा त्यहाँ पुगेका कालीकोटका ६ जना सम्पर्क विहिन भएका छन ।
जिल्ला प्रशासन कार्यालय कालिकोटले विहिवार एक सुचना सार्वजनिक गर्दै जिल्लाको विभिन्न पालिकाका ६ जना सम्पर्कविहिन भएको जनाएको हो ।
सम्पर्क विहिन हुनेहरुमा पलाँता गाउँपालिका २ का लक्ष्मण परियार, नहरीनाथ गाउँपालिका १ उपर त्रिसुली ३ हाईड्रोपावरका सव –इन्जिनियर अनिपाल विष्ट, नहरीनाथ गाउँपालिका १ कै उपर त्रिसुली ३ हाईड्रोपावरका सव– इन्जिनियर धिरेन्द्र विष्ट, खाँडाचक्र नगरपालिका ५ का टिमुरे हेल्थपोष्टमा कार्यरत सरिता मल्ल, उनका ४ महिने छोरा काव्य शाही र उनको नन्द टिमुरे हेल्थपोष्टमा कार्यरत दुर्गा कुमारी शाही सम्पर्क विहिन भएका हुन ।
उनीहरु बाढीपछि सम्पर्क विहिन भएकाले परिवारका सदस्यहरु निकै चिन्तित भएका छन ।
आफन्तहरुले आफ्ना मान्छे सम्पर्कमा नआएको भनेर जिल्ला प्रशासन कार्यालयलाई दिएको जानकारी अनुसार प्रशासनले सुचना सार्वजनिक गरेको जनाएको छ ।
