रास्कोटमा भव्य जनसभा सम्पन्न ‘रुपान्तरण सहित माओवादी एकतामा जोड’

१४ फागुन, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले रास्कोटको आरसीपी बजारमा बुधवार भव्य जनतसभा सम्पन्न गरेको छ ।
नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा भएको जनसभामा बोल्ने नेताहरुले रुपान्तरण सहित माओवादी एकतामा जोड दिएका छन ।
नेताहरुले माओवादीहरुको विभाजनको मुख्य कारण जनयुद्धको लक्ष्य उद्देश्यहरु प्रचण्ड वावुरामहरुले छोडनु भएको बताएका छन ।
जनयुद्धमा बगेको सहिदको रगतको सपना पुरा नहुदै एकथरी माओवादी नेताहरु संसदीय व्यवस्थाको सत्तामा पुगेर जनयुद्धको आदर्श विपरित काम गरेकाले विभाजन हुन पुगेको बताएका हुन ।
विभाजन आफैमा नराम्रो भएपनि गलत कामका विरुद्ध विद्रोह गर्नु जाहेज भएको नेताहरुले बताएका छन ।


महासचिव विप्लवले माओवादी विभाजनले केही सहिद परिवार र जनतालाई दुखि बनाउको भएपनि त्यसप्रति आत्माआलोचित छौ तर खासमा माओवादी पार्टीलाई रुपान्तरण होस भन्ने कुराले विभाजन गरिएको हो भन्नु भयो ।
कार्यक्रममा नेकपाका स्थायी समिति सदस्यहरु सन्तोष सी र भरत सीले पनि विभाजन त्यो समयका लागि ठीक भएको भएपनि समय परिस्थितिले अव रुपान्तरण सहितको एकता जरुरी भएको बताउनु भयो ।

नेकपाका केन्द्रीय सदस्य प्रयास सीले शासकहरुको गलत भिजनले देश र जनताले दुख पाएको बताउनु भयो ।
उहाँले माओवादी, एमाले र कांग्रेस पटक पटक सत्तामा गएपनि जनताको लागि काम गर्न नसकेकाले जनतामा असन्तुष्टि बढेको जिकिर गर्नु भयो ।

उहाँले माओवादीहरुको एकता आवश्यक भएको भएपनि रुपान्तरण विनाको एकता अर्थ नहुने स्पष्ट पार्नु भयो ।
कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले नेपाल युवा हराएको देश भएको टिप्पणी गर्नु भयो ।
उहाँले दलाल व्यवस्थाका कारण युवाहरु खाडीमा जानु परेको बताउनु भयो । उहाँले इमान्दार माओवादीहरुको एकता अनिवार्य भएको पनि बताउनु भयो ।

यस्तै अखिल समाजवादीका केन्द्रीय अध्यक्ष नरेन्द्र सीले अहिलेको अवस्था संकटपूर्ण भएको भन्दै निकासको लागि नेपाली विशेषताको समाजवाद उत्तम विकल्प भएको बताउनु भयो ।
उहाँले युवा विद्यार्थीहरुलाई नेपालमै रोजगारी दिने शिक्षा हुनु पर्नेमा जोड दिनु भयो । जनसभा सुरु हुनु पूर्व वाजा गाजा सहित भव्य जुलुस निकाल्दै सभा स्थल पुगेको थियो ।

जनसभामा स्थानीय देउडा तथा सांस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिएका थिए । जसले सभालाई निकै उत्साहित बनाएको थियो ।
नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्र्चाज विवेक सीको अध्यक्षतामा सम्पन्न भएको जनसभा कार्यक्रममा स्वागत मन्तव्य नेकपाका केन्द्रीय सदस्य रणदिप सीले दिनु भएको थियो भने संचालन नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला सेक्रेटरी बलवान सीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस