नेपालमा दुर्घटनाको खतरा छ, दुर्घटना कुनै निकास होईनः विप्लव सी

५ चैत्र, झापा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा दुर्घटनाको खतरा बढेको भन्दै यसले कुनै निकास दिन नसक्ने बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी झापाले मंगलवार झापाको वित्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लव सीले नेपालमा दुर्घटनाको खतरा बढेको भन्दै यसले कुनै निकास दिन नसक्ने बताउनु भएको हो ।
उहाँले राजतन्त्रको राजनीतिक औचित्य नभएको भन्दै राजतन्त्र पुनस्र्थापनाको कुरा विदेशी शक्ति केन्द्रहरुको चलखेल भएको दाबी गर्नु भयो ।
‘अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुले हाम्रो भूराजनीतिमा चलखेल गर्दाखेरी राजतन्त्रको विषय अलि प्रखर भएर आएको जस्तो देखिन्छ , त्यो त्यति सहज छैन’ महासचिव विप्लवले भन्नु भयो, ‘राजतन्त्र पुनस्र्थापना हुने कुरा राजनीतिक औचित्य पुष्टि हुदैन । राजतन्त्रको राजनीतिक औचित्य देख्दैनौ । राजतन्त्र आयो भने के दिने हो त ? अहिलेको अस्थिरता, असमान्ता र विभेदहरुलाई राजतन्त्रले कसरी सम्बोधन गर्छ त ? नयाँ दृष्टिकोण के हो ?’
महासविच विप्लवले भन्नु भयो ‘राष्ट्रपतिको ठाउँमा राजा भए मात्र पुगिहाल्ने हो या त्यसले नेपालको अहिलेको जनताको वितृष्णालाई सम्बोधन गर्ने राजनीनिक आािर्थक कार्यक्रम लिएर आउने हो ? यो त केही पनि छैन । यो त भावआभेसमा कुदिरहेको देखिरहेका छौ । यसको पछाडि अन्तर्राष्ट्रिय शक्ति केन्द्रको आफ्नो स्वार्थ पूर्ति गर्ने चलखेल छ । यो चाहि गम्भीर छ ।’
उहाँले नेपालको संविधान अपूर्ण र शासकीय प्रणाली स्थित नभएकाले अस्थिर संसदीय प्रणालीबाट जनता निरास र वितृष्णामा गएको टिप्पणी गर्नु भयो ।
उहाँले केही चार पाँच जना नेता वरिपरि देश घुमिरहने स्थितिवाट देश मुक्त गर्नुपर्ने बताउनु भयो । उहाँले ०४६ सालदेखि तिनै अनुसारहरु निरन्तर घुमिरहदा र तीनै दलहरुले देशलाई घुमाईरहदा नयाँ नीति पनि दिन नसक्ने नयाँ नेतृत्व पनि दिन नसक्ने अवस्था आएको बताउनु भयो ।
महासचिव विप्लवले भुङग्रोबाट तावा र तावाबाट भुङग्रोमा नेपालको राजनीति पुगेको टिप्पणी गर्दै नेपालको अग्रगामी निकास समाजवाद भन्दा अर्को विकल्प नभएको बताउनु भयो ।

भिडियोको लागि यहाँ क्लिक गर्नुहोस् ।

https://www.facebook.com/watch?v=2250649478726311

प्रतिक्रिया दिनुहोस