९ चैत, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी प्रबक्ता प्रकाण्ड सीले राजावादीहरुको प्रदर्शनमा तीन ओटा स्वार्थहरुको गठजोड रहेको खुलासा गर्नुभएको छ ।
नेपाल अहिले भुराजनीति स्वार्थको हिसाबले निकै संवेदनशील अवस्थामा रहेको भन्दै प्रवक्ता प्रकाण्डले पश्चिमा साम्राज्यवादीहरु, भारतीय हिन्दूवादी संस्थापन पक्ष र पूर्वराजा ज्ञानेन्द्र शाहाको पुनरागमन हुने चाहना सहित तीन स्वार्थहरुको सम्मीलिन भएको बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध जनवर्गीय संगठन र मोर्चा प्रमुखहरुको काठमाडौंमा संयुक्त बैठकलाई सम्बाेधन गर्दै प्रवक्ता प्रकाण्डले विकसित राजनीति घटनाक्रममा आन्तरिक तथा बाह्य पक्षकाे स्वार्थहरु जोडिएकोले परिस्थिति गम्भीर रहेको बताउनुभयो ।
अमेरिकामा डोनाल्ड ट्रम्प रास्ट्रपतिमा आइसके पछि उनले पूर्व रास्ट्रपति वाइडेन र अमेरिका कतिपय घोषित मान्यताहरु समेत कुल्चेर अमरिकालाई फेरी महान बनाउने उदेश्य अनुरुप फासीवादी दिशातिर उन्मुख भएको भन्दै युक्रेन, युरोपियन युनियन लगायतका देशहरूको सँगकाे पुरानो सम्बन्धमा तिक्तता आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकी एकध्रुबीय बिश्वव्यवस्था विरुद्ध केहि समययता जसरी बहुध्रुबीय वा दुइध्रुवीय बिश्वको बिकास भयो र त्यसले अमेरिकी वयवस्थामा जुन चुनौती थप्यो, त्यसलाई हल गर्न उनिहरु नाफा र बजारका लागि जुनसुकै निर्णय लिनुपर्ने ठाँउमा आइपुगे, त्यसको प्रभाव समग्र एशिया र नेपालमा निकै तीव्र छ, राजावादीहरुको प्रदर्शनलाई त्याे सँग जोडेर हेर्न जरुरी छ।”
नेपाली राजनीतिमा बाह्य शक्तिको चलखेलबारे उहाँले केहि समय अघि मोदी र ट्रम्पबिचको भेटघाटमा दक्षिण एशियाको समग्र मामिला भारत मार्फत डिल गर्ने र अमेरिकी स्वार्थमा भारत बाधक नबन्ने कुरामा उनिहरु बीच सहमति भएको र नेपालमा विद्यमान आर्थिक राजनीति संकटको मोचन गर्ने र समाजवादी क्रान्तिलाइ रोक्ने उदेश्यले उनिहरुको सक्रियता बढेको बताउनुभयो ।
नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह लगायत प्रतिगामी शक्तिहरु स्वभाविक रूपमा सत्तामा फर्किने चाहना राखेर विभिन्न क्रियाकलाप गरिरहेको भएपनि यसमा बाह्य शक्तिको स्वार्थ समेत समावेश भएको भन्दै उहाँले उपरोक्त परिस्थितिको नयाँ संश्लेषण सहित समाजवादी मोर्चा र आफूहरु अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभयो ।
बाह्य शक्तिले खाली राजावादीहरुले मात्रै नपुग्ने भन्दै काङ्ग्रेसलाई समेत गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता एजेन्डाबाट पछाडि फर्किन लगाएर प्रतिगामी मोर्चा खडा गर्ने प्रयास भएको, नेपाली सेनालाई समेत संविधानको पालना गर्न लगाउने नाममा प्रभावित गर्न खोजेको र अब समाजवाद राजनीतिक निकासको अनिवार्य शर्त बन्दै गएको उहाँको भनाइ थियो।