कम्युनिष्ट आन्दोलनको ठुलो रोग व्यक्तिवादको होः पूर्वप्रधानमन्त्री नेपाल

७ साउन, काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको समस्याको ठुलो रोग व्यक्तिवाद भएको टिप्पणी गर्नु भएको छ ।

समाजवादी मोर्चा नेपाल र पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौमा बुधवार आयोजना गरेको ४७ औं स्मृति दिवसको कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले कम्युनिष्ट आन्दोलनको समस्याको ठुलो रोग व्यक्तिवाद भएको टिप्पणी गनु भएको हो ।

पूर्वप्रधानमन्त्री नेपालले भन्नु भयो ‘ठुलो रोग व्यक्तिवादको हो, सामुहिकताको अभाव हो । नेतृत्वको प्रवृति हो । सबैले आत्मसमिक्षा गरौं, समाजवादको आधार सामुहिकता हो । सामुहितकताको भावना जगाउन सकिन्छ कि नाई, त्यो पहल गरौं ।’

उहाँले नेपालमा कम्युनिष्ट आन्दोलनको भविष्य राम्रो भएको जिकिर गर्दै सबै कम्युनिष्टहरु एकताबद्ध भएर जनताको काममा जुट्नुपर्ने बताउनु भयो ।

पूर्वप्रधानमन्त्री नेपालले नेपाल कुनै चिजको अभावमा रहन नसक्ने भन्दै कृषि, जलविधुत,पर्यटन, विज्ञान प्रविधिको भरपुर प्रयोग गरेर नेपालमा सुशासन र रोजगारी सृजना गर्न सके समाजवादको आधार तयार हुने बतउनु भयो ।

उहाँले पुष्पलालको योगदानकाबारे चर्चा गर्दै ‘सिद्धान्त,संगठन, र संघर्ष यो नै क्रान्तिको आमुल परिवर्तनको कडि हुन’ भनेर पुष्पलालले भन्ने गरेको बाणी अझै सान्दार्भिक रहेको बताउनु भयो । उहाँले नेपालमा दलालपुँजीवादको अन्त्य र समाजवादको आवश्यकता बढदै गएको जिकिर गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस