१३ फागुन, कालिकोट । नेकपा (माओवादी)का प्रवक्ता तथा प्रत्यक्ष उम्मेदवार खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड सी) विरुद्ध नेपाली कम्युनिष्ट पार्टी भित्रका केही षड्यन्त्रकारीहरुले गोयवल्स शैलीको कू–प्रचार गरेका छन ।
महेन्द्र शाहीको पराजय हुने निश्चित भएपछि षड्यन्त्रकारीहरुले विभिन्न गोयवल्स शैलीको प्रचार गरेर अपराधी मानसकिता प्रकट गरेका हुन ।
रास्कोटका नेपाली कम्युनिष्ट पार्टी भन्ने केही षड्यन्त्रकारीहरुले प्रकाण्डलाई प्रहरीले पक्राउ गरेको र गुलाफ चिन्ह खारेज भएको तथा महेन्द्रको विजयी भईसकेको जस्ता भ्रमपूर्ण गोयवल्स शैलीको प्रचार गरेका छन ।
नेकपा (माओवादी)ले यसप्रकारको कू–प्रचारलाई गम्भीर आपत्ति जनाउदै त्यो पराजित मानसिकताको उपच र गोयवल्स शैली भएको टिप्पणी गरेको छ ।
नेकपा (माओवादी)का प्रवक्ता तथा उम्मेदवार प्रकाण्डले ज्वाला खवरसंग संक्षिप्त प्रतिक्रिया दिदै आफू निर्वाचन काम विशेषले सुर्खेत झरेको र षड्यन्त्रकारीहरुको कू–प्रचारको भ्रममा नपर्न जिल्लावासी मतदाताहरुलाई आग्रह गर्नु भएको छ ।
उहाँले आफू भोलि कालिकोट आईपुग्ने जानकारी दिदै आफू विरुद्ध गरिएको भ्रमपूर्ण प्रचार षड्यन्त्रकारीहरुको पराजित र अपराधीक मानसिकताको उपच भएको बताउनु भयो ।
माओवादी पार्टीको तर्फबाट निर्वाचन परिचालनको नेतृत्व गर्नु भएका प्रकाण्ड निर्वाचन सम्वन्धिको काम विशेषले बुधवार सुर्खेत जानु भएको थियो ।
यसैकुरालाई लिएर नेपाली कम्युनिष्ट पार्टीका केही षड्यन्त्रकारीहरुले प्रकाण्ड विरुद्ध गोयवल्स शैलीको प्रचार गरेका हुन ।
उहाँलाई प्रहरीले जेलमा लिएको र गुलाफ चिन्हबाट लड्न नमिने भएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका षड्यन्त्रकारीहरुले प्रचार गरेका छन ।
यो प्रचारलाइ अपराधी मानसिकताको उपच भएको पनि माओवादीले बताएको छ । माओवादीले षड्यन्त्रकारीहरुको गोयवल्स शैलीको कू–प्रचारमा नलाग्न आग्रह गर्दै गुलाफमा मतदान गर्न सबैमा अपिल समेत गरेको छ ।
यसैविच नेपाली कम्युनिष्ट पार्टीले मतदाताहरुलाई प्रभावित पार्न गाउँ गाउँमा विभिन्न प्रलोभन दिएको खुलासा भएको छ ।
दलित वस्तीहरुमा चामल, र रक्सी वितरण सुरु गरेको नेपाली कम्युनिष्ट पार्टी भित्रकै आन्तरिक श्रोतले बताएको छ । यदि त्यो गरिएको हो भने जनताको सार्वभौम अधिकारको प्रयोग गर्ने अधिकारमाथिको हस्तक्षेप हुने विश्लेषकहरुले बताएका छन ।