एरिका कराते वान प्रिमियर लिगको सेमिफाइनलमा

२८ चैत, काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङ चीनको लेसानमा भइरहेको डब्लुकेएफ कराते वान प्रिमियर लिगको महिला ६८ केजी तौलमाथिको प्रतिस्पर्धामा सेमिफाइनल प्रवेश गर्नु भएको छ ।
शनिबार समूह चरणको तीनै खेल जितेर क्वाटरफाइनलमा प्रवेश गर्नु भएकी उहाँले क्वाटरफाइनलमा स्लोभाकियाकी खेलाडीलाई ८–० ले हराएर सेमिफाइनल पुग्नु भएको हो ।
एरिकाले सेमिफाइनलमा इटलीका फेराकुट्टी क्लिओ र स्पेनकी मारिया गार्सिया टोरेसबीच हुने खेलको विजेतासँग खेल्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस