युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पाटन

हेमन्तप्रकाश वली


१६ कार्तिक,दाङ । नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन दाङको तुलसीपुरमा सम्पन्न भएको छ । १३,१४ र १५ गते तीन दिनसम्म तुलसीपुरमा चलेको सम्मेलनले पाटन जंगलीको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रीय समिती निर्वाचित गरेको छ ।
जसको उपाध्यक्षमा दिनेश, महासचिवमा बिदुसी, सचिवमा तिलक र कोषाध्यक्षमा विश्लेषण रहनु भएो छ । अन्य सदस्यहरुमा दिप, श्याम, बिरेन्द्र विक, भुवन कुवर, इन्द्र, नेत्र, राम, प्रविन, बिचारमान, सुवास, भरत पुलामी, अजय श्रेष्ठ, महेन्द्र सुनार, कृष्ण बहादुर श्रेष्ठ, जीवन तामाङ, राजकुमार पुतवार, धन बहादुर श्रेष्ठ, शंकर भुजेल, किरण अर्याल, निरज शाह, मदन गजमेर, कविराज यमजुङ, बिधुर शेर्पा, हर्क लिम्बू, आकाश श्रेष्ठ, सन्दिप विक, तेज लामा, मोहन कुमार राम, प्राण कुमार लामा, अविनाश, बादल, लिला शारु मगर, सन्तोष सुवेदी, खड्क सिंह, गोविन्द चन्द्र, आशिष थापा, दिपक बुढाथोकी, प्रेरणा रोकाय, तिलक पौडेल, गोबिन्द बुढा, मिनेश एडि, सागर शाही, कल्पना मल्ल, मनोज परियार, हरि बस्नेत, जिवनी चौधरी, विवेक विक, प्रकाश गिरी, डिल्ली रमण वली, मनमोहन जोशी, लोकेश धामी, हर्क बहादुर कुंवर, सुशील साउद, कविता कार्की, मकर गुरुङ, प्रमोद सिंह, प्रशान्त, बसन्त, जस्मान निर्वाचित भएका हुन् ।

सम्मेलनमा प्रशिक्षणात्मक मन्तव्य राख्दै प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले विश्वभरी संसदीय व्यवस्था चरम संकटमा पुगेको भन्दै संकट समाधानको निर्विकल्प बाटो जनमतसंग्रहमार्फत वैज्ञानिक समाजवाद भएको बताउनु भयो ।

महासचिव विप्लवले सरकार र आफ्नो पार्टीबिच भएको तीन बुँदे सहमति अक्षरंस लागू नगरे चरणबद्ध संघर्ष गर्ने उद्घोष गर्नु भयो । आफूहरुसँग हतियार नभएको समेत स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो –हामीसँग हतियार छैन, कहाँ छ हतियार हामीसँग ? आशंकामा बोल्न मिल्छ ।

महासचिव विप्लवले आफूहरु सासंद मन्त्री बन्न नचाहेको बरु नेपाली जनतालाई मुक्त गर्न चाहेको बताउनु भयो । तीन बुँदे सहमति एकीकृत जनक्रान्तिको विजयको कारणले भएको भन्दै कोही दलालहरुसँग झुकेर सहमतिमा गएको भन्ने कुतर्क गर्नेहरु प्रतिक्रियावादीहरुको कुतर्क भएको बताउनु भयो । विप्लवले भन्नु भयो ,–नेपालमा युवाहरु लड्न नसकेको होइन बरु नेताहरुले खुट्टा कमाएका हुन्

विज्ञान र प्रविधिलाई क्रान्तिको हतियार बनाउन सकिने भन्दै एकीकृत जनक्रान्तिको कार्यदिशा क्रान्तिको विज्ञान भएको विप्लवको भनाइ थियो । शरीरमा गोलि बोकेर जनमुक्ति सेनाहरु विदेशी मरुभूमिमा प्रचण्ड, बाबुरामको गद्दारीका कारणले जान बाध्य भएको दाबी गर्नु भयो ।

एउटा सुन्दर सपना देखाएर युवाहरुलाई आन्दोलनमा होमेर जनता र युवाहरुलाई सडकमै छोडेर प्रचण्ड बाबुरामहरु पूजीवादका ठेकदार भएको विप्लवको जिकिर थियो । समाजमा युवाहरुलाई लागुऔषधमा लठ्ठ बनाएर दलाल सत्ताका प्रतिनिधिहरुले सम्भावित सचेत विद्रोह रोक्ने र समाजमा अपराधी उत्पादन गरिरहेको महासचिव विप्लवको भनाइ थियो ।

केही अवसरवादीहरुले कम्युनिस्ट आन्दोलनका लाखौँ युवाहरुको व्यापार गरेको उहाँले बताउनु भयो । युवा भनेको आँट, साहस, विद्रोह र रुपान्तरण हो, विप्लवले भन्नु भयो ।

चौथो राष्ट्रिय सम्मेलनमा मन्तव्य राख्दै नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा स्कुलिङ विभाग प्रमुख सुदर्शनले पुरानो आदतको सत्ता ढालेर नयाँ विचार र संस्कृति निर्माण गर्नुपर्ने धारणा राख्नु भयो । नेता सुदर्शनले नेपालमा केही कम्युनिष्ट नामका नामधारीले मन्दिर बनाउन थालेको भैंसी पुजा गर्न थालेको भन्दै कम्युनिष्टहरुको आधारभूत मूल्य मान्यताबाट पतित भएको समेत बताउनु भयो ।

कार्यक्रममा मन्तव्य राख्दै पार्टी केन्द्रीय सचिवालय सदस्य विषमले युवाहरुले राष्ट्रिय स्वाधीनताको पक्षमा अनवरत संघर्ष गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा युवा संगठन नेपालका फ्याक्सन इन्चार्ज तथा पार्टी केन्द्रीय समिति सदस्य कृति, पार्टीका केन्द्रीय सदस्यहरु शितल, असल, सविन, बेपत्ता योद्धा समाजका केन्द्रिय अध्यक्ष सुन्दर, जनसांस्कृतिक महासंघका केन्द्रीय कोषाध्यक्ष आरोहको आतिथ्यता रहेको थियो ।

नवनिर्वाचित समितिलाई बधाई मन्तव्य नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले राख्नु भएको थियो । ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनबाट संगठनले तीन जना सदस्यहरुलाई बिदाइ गरेको छ । चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्यहरु सागर, सन्जीव र चट्टानलाई सम्मानपत्र सहित बिदाइ गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस