प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई कोरोना संक्रमण


१७ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस (कोभिड(१९) को संक्रमण भएको छ ।
राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ ।
उनीहरुको शुक्रबार स्वाब संकलन गरिएको थियो । ‘चालकदेखि सबैको स्वाब संकलन गरिएको थियो । सचिवालयका हामी चार जनाको पोजेटिभ आएको छ’ थापाले भन्नु भयो , ‘केही चालकहरुमा पनि संक्रमण देखिएको छ ।’

 

प्रतिक्रिया दिनुहोस