महरा पत्नीको शव सेनाद्वारा व्यवस्थापन


कार्तिक १९ काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको शव नेपाली सेनाले पशुपतिमा व्यवस्थापन गरेको छ । निमोनियाको बिरामी रहनु भएकी सीताको वुधवार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उपचारकै क्रममा कोरोना संक्रमण समेत पुष्टी भएपछि उहाँको शब सेनाले व्यवस्थापन गरेको हो ।
शब व्यवस्थापन गर्ने क्रममा पूर्वसभामुख महरा र परिवारका सदस्यसहित विभिन्न नेता, कार्यकर्ता र सर्वसाधारण सहभागी भएका थिए । काठमाडौंको नर्भिक अस्पतालमा उपचार गर्ने क्रममा वुधवार बिहान ६ बजेर २५ मिनेटमा सीताको निधन भएको थियो । उहाँलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उहाँ माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित हुनु हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस