१९ असोज वाँके । प्रदेशको नाम र राजधानीका विषयमा विवाद हुँदा विपक्षी नेपाली कांग्रेसका सांसदहरुले सोमबार ५ नम्बर प्रदेशसभामा तोडफोड गरेका छन । विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले कुर्सी, टेबल र माइक फुटाएर संसदवादको असफलता झल्किने गरी असभ्य व्यवहार प्रदर्शन गरेका छन ।
सत्तापक्षको व्यवहार पनि संसदवादको असफता हुने गरि व्यवहारत देखिन पुग्यो । भौतिकरुपमा तोडफोडमा नउत्रिए पनि सत्तारुढ नेकपाका आन्तरिक मामिला मन्त्री कुलबहादुर केसी सोनामले विपक्षीलाई घिसारेर बाहिर निकाल्न रोष्टमबाटै मर्यादापालकलाई आदेश दिनु भयो । जबकि, संसदमा सभामुख अरु कसैले आदेश दिन मिल्दैन थियो ।
नेपाली कांग्रेसले मुलुकको पुरानो लोकतान्त्रिक पार्टी भन्ने गरेको छ । उसले आफूलाई अहिंसावादी मात्रै बताउने गरेको छैन, कम्युनिस्टहरुलाई लोकतान्त्रिक व्यवहार सिकाउने दाबीसमेत गर्दै आएको छ । तर, प्रदेशको राजधानी दाङ लैजाने राख्ने प्रस्तावको विरोधमा आफ्नो मत प्रकट गर्ने नाममा सोमबार कांग्रेसले प्रदेशसभाभित्र जुन हर्कत देखायो, त्यसले कांग्रेसको लोकतान्त्रिक छविमाथि हिलो पोतिएको छ । यसको अर्थ के हो भने अहिलेको संघीयता र संसदीय व्यवस्था जनताको हितमा छैन भन्ने देखाएको छ ।
प्रदेश ५ को प्रदेशसभामा रहेका कुल ८७ सांसदमध्ये नेकपाको दुईतिहाई बहुमत अर्थात ६१ सीट छ । प्रदेशको नाम र राजधानी पारित हुनका लागि ५८ मत आवश्यक पर्छ । जबकि सभामा कांग्रेसको १९ सीट मात्रै छ । तीमध्ये पनि दाङतिरका कांग्रेस सांसदहरु प्रदेशको राजधानी भालुवाङमै राख्ने पक्षमा जान सक्ने अनुमान गरिँदैछ । उता नेकपाका पनि १४ सांसदले दाङलाई स्थायी राजधानी बनाउने प्रस्तावको विरोध गरेको अवस्था छ ।
प्रजातन्त्रको दुवाई दिने कांग्रेसले प्रदेशसभामा आफ्नो विरोध दर्ज गरेर मतदान प्रक्रियामा जान तयार हुनु पर्दथ्यो तर तयार भएन । यो समग्र अवस्थालाई हेर्दा संसदीय व्यवस्थाको असफलता भएको र विकल्पमा नयाँ राज्य व्यवस्थाको आवश्यकता भएको राजनीति विश्लेषकहरुले वताएका छन ।