३६० जना कोरोना संक्रमित थपिए, २४ घन्टामा २३३ जना डिस्चार्ज

साउन २२, काठमाडौँ । नेपालमा थप ३६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनु भएको हो ।

उहाका अनुसार पछिल्लो २४ घन्टामा २३३ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् । यो सँगै निको हुनेको संख्या १५ हजार ३८९ जना पुगेको छ । गत २४ घन्टामा ६ सय ६२२ पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस