फाल्गुन २४, कालिकाेट । सिंहदरबारको अधिकार गाउँगाउँमा आइसक्यो । वडा कार्यालय गाउँको सिंहदरबार हो । यही ठाँउ जातीय विभेदको अखडा बन्दै आएको छ । जनप्रतिनिधि बनेर स्थानीयवासीलाई सेवा दिने निकाएमा पुगेका दलित जनप्रतिनिधिनै चरम जातीय विभेदको शिकार भएका छन् ।
शान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रंगराज सार्की लाई सोही वडा साहयक राम प्रसाद सज्यालले डुम कोमारा भन्दै गाली गलौज र जातिय विभेद गरेको पत्रकार सम्मेलनमा वडा अध्यक्ष सार्कीले बताउनु भयो ।
वडा अध्यक्ष सार्कीलाई फाल्गुन २१ गते बिहान १० बजे वडा कार्यालयमै डुम कोमारा तैले बस्ने यो कुर्ची होईन भन्दै गाली गलौज र जातिय विभेद गरेको बताउनु भयो ।
शनिबार मान्ममा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष सार्कीले वडा साहयक संज्यालले कार्यालयमा मदिरा सेवन गरेर आउने र कार्यालयको काममा बाधा पुर्योउने गरेकाले सोही विषयमा विवाद हुदा आफुलाई जातीय अपमान र भेदभाव गरेको अध्यक्ष सार्कीले बताउनु भयो ।
यस अघि पनि फाल्गुन ७ गते वडा साहयक संज्यालले आफु सुर्खेत हुदा फोन गरी गुखाने डुम कमारा जस्ता अपशब्द प्रयोग गरी गाली गलोज गरेको वडा अध्यक्ष सार्कीले बताउनु भयो ।
“म वडा अध्यक्ष हुँदा त यति धेरै अपमान हुन्छ भने समान्य दलितहरुको अवस्था कल्पना गर्न सकिदैन ।” सार्कीले भन्नु भयो यसले मेरो मात्रै अपमान नभएर सिंगो दलित समुदायमाथी अपमान भएको छ । त्यसको मुल्य चुकाउनै पर्ने बताउनु भयो ।
वडा अध्यक्ष सार्कीले यो सिंगो दलित समुदायमाथी नै अत्याचार भएको भन्दै कानुनी कठघरामा उभ्याएरै छाड्ने बताउनु भयो ।
संज्यालको अभिव्यतिmले जातिय विभेद मात्रै नगरी संविधान प्रदत्त मैलिक हकको धज्जी उडाएको भन्दै कानुनी उपचार खोजिने भन्दै आफूमामाथि भएको ज्यादतिको घटनालाई जिल्ला प्रहरी कार्यालय कालिकोटमा निवेदन दिएको पनि जानकारी गराउनु भयो ।
नेपालको संविधान २०७२ को भाग ३, धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको मौलिक हकमा जातीय भेदभाव विरुद्ध दण्डनिय व्यवस्था गरेको छ ।
जातिय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा कसुर र विभेदको अवस्था हेरेर तीन महिनादेखि ३ वर्षसम्म कैद, एक हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस