प्रतिक्रान्तीले उब्जाएका प्रश्नहरु र विकल्पको बाटो

बिसाैं सताब्धीमा पुर्बि युरोपमा भएका क्रान्ति र प्रतिक्रान्तीको तेज्वस्पी अनुभव सहित बि.स. २०५२ साल फाल्गुण १ गते पष्पकमल दाहाल क. प्रचण्डको नेतृत्वमा नेपाली धर्तीमा महान जनयुद्दको घोषणा भयो । अमेरीकी साम्राज्यवाद, भारतिय बिस्तारवाद र घरेलु प्रतिक्रयावादी शासकहरुका बिरुद्ध र नेपाली शोषित पिडित जनसमुदाय मात्र होईन विश्व सर्बहारा बर्गको मुक्तीको लागि थालनी गरिएको महान जनयुद्ध सुरु गर्नु पुर्ब पार्टीले लिएका प्रतिबद्धताहरुको दृढता पुर्बक कार्यन्वयन गर्ने हैषियत तत्कालिन लिडर प्रचण्ड बाबुरामले गुमाएपछि नेपाली जनयुद्दको बिजय क्षितिजमा तुवाँलो लाग्यो । जस्का कारण आधारभुत बर्गहरुमा निरास कुण्ठा र जस्का बिरुद्ध भनिएको थियो त्यो र त्यस्को घरआगनमा दिपावली बाल्दै उत्साहित देखिएको छ ।

जनयुद्दका आधारभुत मुल्यमान्यता माथी मात्रै तुसारापात गरिएन कि जनयुद्दमा जीवन गुमाउने महान सहिद परिवार, ब्यपत्ता योद्दा घरपरिवार, घाईते अपाङ्ग ब्यपत्ता योद्दाहरु, जनयुद्द भित्रै जीवन देख्ने ईमान्दार कार्यकर्ता र जनताको मनै बाट गरिएका प्रश्नहरुको जवाफ र बिकल्पका लागि अर्को बलिदानी पुर्ण युग रोज्नु पर्ने स्थितीको सिजना हुदा सम्म र आफ्नो मृत शरीरमा च्याउ उमृदा सम्म पनि जिबितै भन्ठान्ने ठाउमा पुगेका जनयुद्दका लिडर प्रचण्ड बाबुरामले जन्माएको प्रतिक्रन्तीले अनिश्चित चुनौती र निश्चिचत लक्ष्य चुम्नेमा कही कतै संका छैन । तर प्रतिक्रान्तीले ल्याएको माओवादी भित्रको बेहाललाई समाल्न भने चुनौती निश्चित छ ।

जनयुद्दकालिन कार्यशैलीलाई प्रचण्डकालिन कार्यशैलीले धुजाधुजा पारीदियो जस्लाई हालका पुस्ताले सच्याउनै समय लाग्ने ठाउमा पुग्यो । क्रान्तीकारी कार्यशैली गुमाएका तर नेता कार्यकर्ता जिबितै रहेकाहरुको संख्याको कमी देखिदैन । जत्तीका अराजक कार्यशैली बोकेका हरुकोसंख्या समाजमा छ त्यतिकै संख्या आशु पिएर हाँसेका ईमान्दार पिडितहरुको संख्या छ । तिनलाई बिश्वासमा लिएर क्रान्तीको सहयोगी बनाउन निकै समय खर्चिनु पर्ने अबस्थाको पछाडीको कारण जनयुद्दमा भएको प्रतिक्रान्ती बाहेक केही होईन ।

बिकल्पको बाटो

हरेक समस्या समाधान रहित हुदैन । समस्याले समाधान ल्याएरै आएको हुन्छ ईतिहाँसको यही सच्चाईको पुष्टि हो एकीकृत जनक्रान्ती । प्रतिक्रान्तीले नै जन्मायो नयाँ निती, नेतृत्व र कार्दिशा जस्लाई समग्र नेपाली जनताले बिकल्पको नयाँ बाटोको रुपमा बुझ्छन र साबित पनि भैसकेको छ । नेपाली जनताको मुक्तीको बिकल्पका लागि नेपाली धर्तीमा बिरता, बलिदान शाहास र सौर्यको सर्बोच्च कृतीमान कायम गरि हाँसी हाँसी प्रणउत्सर्ग गर्ने यी महान सहिद परिवार, ब्यपत्ता योद्दा घरपरिवार घाईते आपाङ्ग योद्दाहरुले भन्छन् अबको बिकल्प बिप्लब नेकपा हो भनेर ।

जनयुद्दमा भएको प्रतिक्रान्ती लाई क्रान्तीमा बदल्ने हिम्मत नेकपाले नगरेको भए माथी उठेका प्रश्नहरुको जवाफ र कस्ले दिन्थ्यो? यिनै जनयुद्दका वास्तविक पिडितहरुले कहाँ बाट पाउथे न्याय? बर्तमान सामाजिक दलाल फासिवादीहरुले यस्को सामाधान दिने ेहैषियत राख्दथ्यो? कुनैपनी हालतमा राख्दैनथ्यो । जब बिचारबाट बिचलित हुन्छ । उस्लाई आफु बाहेक अरु कसैको मतलब हुदैन । कोही मरुन, रुन त कराउन यस्मा सरोकार हुदैन । नेपाली जनयुद्द भनेको नेपाली धर्तिमा मात्रै होईन यस्ले बिश्व क्रान्तीको नेतृत्व गर्न सक्नु पर्छ त्यो दायित्व हाम्रो काधका छ ।

त्यसैले बिश्व क्रान्ती गर्न र प्रतिक्रान्ती रोक्न बैचारीक रुपमा प्रचण्डपथ सश्लेषण गरेका हौं भनेर भनेको कुरा शाहिद परिवार घाईते अपाङ्ग र ईमान्दार कार्यकर्ताहरुले बिर्सेकै छैन । बिर्सेको मात्रै छैनकी त्यो कार्यभार एकीकृत जनक्रान्तीले पूरा गर्छ भन्नेमा बिंवस्त पनि भएको छ । ईतिहाँसे नियम अनुसारनै नत बिसौं सताब्धीको क्रान्तीमा भएको प्रतिक्रान्तीले क्रान्तीलाई रोक्न सक्यो नत जनयुद्दमा जनयुद्दका नायकहरुले गरेको प्रतिक्रान्तीले क्रान्तीलाई रोक्न सक्छ । यो एक वटा हैन हजार प्रतिबन्ध लगाए पनि बिकासको गति अनुसार अगाडि बढेरै छाड्छ ।

यो युगको आबश्यक्ता हो । परिस्थितीको माग हो । हजारौ बर्लिनका पर्खालहरु तोड्दै अगाडि बढ्छ । किन भने बर्तमान सामाजिक फासिबादी सरकार र दलाल संसदिय ब्यबस्था अबको बिकल्प होईन । नत हल्लामा आए जस्तो कुहिएको राजतन्त्रनै । युग सुवाउदो नया बिचार र नयाँ राजनितीक कार्य्दिशा भनेको एकीकृत जनक्रान्ती हो जस्को माध्यमबाट ल्याईने बैज्ञानिक समाजवादी ब्यबस्था मात्र अबको उन्नत ब्यबस्था र बिकल्प हो । यस्लाई रोक्न छेक्न र हत्या गर्न खोज्नेहरु नै खरानी हुनेछन । त्यसैले आउनुहोस सत्यको बाटोमा हातेमालो गरौं र प्रतिक्रन्तीले उब्जाएका प्रश्न हरुको उत्तर खोजौं । बाटो चुनौती पुर्ण भए पनि भबिश्य उज्वल छ । जित निश्चित छ ।

लेखक रणदिप ऐडि नेकपा कालिकोटका सेक्रेटरी हुन ।

प्रतिक्रिया दिनुहोस