हुम्ला सेक्रेटरी विनाशर्त रिहा गरः विप्लव नेकपा


असोज २२ कालिकोट ।
विप्लव नेतृत्वको नेकपा भेरी कर्णाली व्युरोले आफ्ना हुम्ला जिल्ला सेक्रेटरी कुम्भ वुढा (निमार्ण) लाई होम क्वारेइन्टानमा वसेको वेला अमानविय ढंगले केपी सरकारले गयराती पक्राउ गरेको भन्दै घारे निन्दा एव भत्र्सना गरेको छ ।

नेकपाले पक्राउ परेका आफ्नो पार्टीका व्युरो सदस्य समेत रहेका वुढा लाई विना शर्त तत्काल रिहा गर्न पनि जोडदार माग गरेको छ ।

विहिवार भेरी कर्णाली व्युरो इन्चार्ज रविले एक प्रेश विज्ञप्ती जारी गरि फासिवादी दमकै शैलीमा गयराती ३ वजे जिल्लाको ताजाकाटे गाउँपालिका ५ मदनवाट होम क्वारेन्टाइनमा वसिरहेको अवस्थामा युद्धशैली वाट गिरफ्तार गरिएको जनाउनु भएको हो ।

जारी विज्ञप्तीको अन्तमा युद्ध र दमनमा आफ्नो भविष्य देखे युद्धपिपासु दलाल सत्ता र त्यसका मतियारहरुले उत्पन्न परिस्थितिको भागेदार स्वयम हुनु पर्ने चेतावनी दिएको छ ।

विज्ञप्तीको पूर्ण पाठ जस्ताको तस्तै

प्रतिक्रिया दिनुहोस