जेष्ठ २७, भक्तपुर । विप्लव नेतृत्वको नेकपा निकट अखिल ( क्रान्तिकारी ) भक्तपुर ले आफ्नाे पार्टीका महासचिव विप्लवकाे नाममा नक्कली पर्चा निकाली स्कुललाई धम्काउने कार्यकाे बिराेध गरेकाे छ।
भक्तपुरकाे चागुनारायण स्थित नवीन इङलिस स्कुलकाे बिधार्थी भर्नालाइ लक्षित गरि स्कुललाई धम्कि दिन विप्लवकाे किर्ते हस्ताक्षरित पर्चा बनायर बिधालय आसपास फालिएको थियाे । उक्त घटनालाइ लियर अखिल ( क्रान्तिकारी ) भक्तपुरले कडा शब्दमा बिराेध गरेकाे छ।
अखिल ( क्रान्तिकारी )भक्तपुरका उपाध्यक्ष मानबहादुर डागीले आज एक प्रेस बिज्ञाप्ती जारी गर्दै उक्त कार्यमा आफ्नाे पार्टी तथा संगठन काे संग्लग्नता नरहेकाे स्पष्ट पारेका छन् ।
बिज्ञप्तीमा भनिएकाे छ ‘यहि बैसाख २ गते हाम्राे पार्टीको लाेकप्रियताबाट आतंकित गिराेहले श्रृङखलादबद्द भ्रामक हल्ला फिजाउदै पार्टी महासचिव विप्लवमाे किर्ते हस्ताक्षरमा पर्चा बनाइ उक्त स्कुल वरपर छरेकाे र स्कुलमा बम हान्ने जस्ता कपाेकल्पित र निराधार हल्ला फिजायर पार्टीको बदनाम गर्न खाेजिएकाे छ याे अपराधीक कार्य हाे । ‘
निजि स्कुलहरुमा समस्याहरु रहेपनि पार्टीले कुनै त्ययस्तो निन्दनीय काम गर्न नसक्ने भन्दै क्रान्तिकारी का भक्तपुर उपाध्यक्ष मान बहादुर डागीले यस्ताे कार्यकाे संगठनले अनुसन्धान गर्ने बताएका छन्।
यस्ताे छ बिज्ञप्ती
यस्ताे छ विप्लवकाे नामकाे किर्ते पर्चा
प्रतिक्रिया दिनुहोस