देउवा प्रचण्ड लार्ई एमसीसीका मतियार भन्दै भक्तपुरमा गाईजात्रा मनाईयो

२७ साउन,काठमाडौं । नेवार समुदायले परम्परागत रूपमा मनाउदै आएको गाईजात्रामा यो वर्ष राष्ट्रघाती एमसीसी विरुद्ध मनाएका छन ।

गाईजात्रामा राष्ट्रियताको पक्षमा चर्को नारावाजी गरिएको छ । भक्तपुरको पाँचतले मन्दिरमा हजारौं मानिसहरू जम्मा भएर राष्ट्रघाती एमसीसी सम्झौता भित्र्याउने प्रधानमन्त्री शेर बहादुर देउवा, प्रचण्ड, केपी वली, बाबुराम भट्टराई, आरजु देउवालाई एमसीसीको मतियार भन्दै उनीहरूको फोटो रथमा राखेर परिक्रमा गरिएको छ ।

साथै गाईजात्राको रथमा नागरिकता विधेयक खारेज गर, एसपीपी मुर्दावाद, राष्ट्रघाती एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद, बढ्दो महङ्गी, कालाबजारी नियन्त्रण गर लेखिएको बोर्ड राखिएका थिए । यस्तै महङ्गी, भ्रष्टाचार, सीमा अतिक्रमण विरुद्ध र नेपाललाई युक्रेन बन्न नदिऔँ भन्दै प्लेकार्ड, पम्प्लेट र आक्रोसपूर्ण नारा समेत लेखिएका व्यानर सहित बजार परिक्रमा गर्दै गाईजात्रा मनाएका छन् ।

परम्परागत रूपमा सांस्कृतिक रूपले नेवार समुदायले वर्षभरी बितेका आफन्तहरुको फोटोसहितको गाईजात्रा मनाउँदै आएका थिए । तर पछिल्ला वर्षहरुमा नेपाली राजनीतिकको खराव चरित्रका विरुद्ध व्यङ्ग्यात्मक रूपमा नेवार समूदायले गाईजात्रा मनाउन थालेका छन् ।

सोही क्रममा सुक्रवार राष्ट्रियताको पक्षमा गगनभेदी नारा लगाउदै राष्ट्रघात,जनघात ,भ्रष्टाचार र महंगीका विरुद्ध पनि गाईजात्रा मनाएका छन ।

यसले सरकारमा हुने दलहरुलाई ठुलो चुनौती दिएको छ । देशभर नेपाली जनता अहिलेको सरकारका काम प्रति असन्तुष्ट नहुनुको अभिव्यक्ति भक्तपुरमा देखिएको हो ।

प्रतिक्रिया दिनुहोस