१ फागुन, बाँके । नेपाल कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्रले नेपालगंजमा संयुक्त रुपमा जनयुद्ध दिवस मनाएका छन । दुवै पार्टीको नगर कमिटीको आयोजनामा संयुक्त रुपमा ३० औं जनयुद्ध दिवस मनाईएको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता अक्कल वमले जनयुद्ध महान तथा परिवर्तनकारी युद्ध भएको बताउनु भयो । उहाँले जनयुद्धको उपलब्धी नेपालमा गणतन्त्रसम्म देश पुगेको भन्दै जनयुद्धलाई स्वीकार नगर्नेहरु परिवर्तन विराधी भएको बताउनु भयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य शेखर सीले जनयुद्धको सपना अझै पुरा नभएको विचार व्यक्त गर्नु भयो । उहाँले जनयुद्धको सपना पुरा गर्न फेरी पनि माओवादीहरुको रुपान्तरण सहितको एकता आवश्यक भएको बताउनु भयो ।
कार्यक्रममा सहभागीहरुले अविर आवरण गर्दै जनयुद्ध दिवसको शुभकामना आदान प्रदान गरेका थिए ।
यसैविच आजै नेकपा र माओवादी केन्द्रको संयुक्त आयोजनामा वैजनाथ गाउँपालिकामा पनि जनयुद्ध दिवस मनाईएको छ । नेकपाले राप्ती सोनारी गाउँपालिकाको ढकेरीमा पनि जनयुद्ध दिवस मनाएको छ ।