न्यायपालिकाले प्रधानमन्त्री तोक्न सक्दैन ः एमाले नेता ज्ञवाली

२९ असार,काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले सर्वोच्च अदालतको फैसला अप्रिय र अलोकतान्त्रिक रहेको बताउनु भएको छ ।

प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने अदालतको फैसला लगत्तै सञ्चारमाध्यमसँग कुराकानी गर्दै नेता ज्ञवालीले अदालतको फैसलाले जग खलबल्याउने काम भएको बताउनु भयो ।

नेपालको संविधानमा अदालतले नै प्रधानमन्त्री तोक्ने कल्पना नगरेको भन्दै यो फैसलाले संसदको अधिकार खोसिएको र राष्ट्रपतिलाई अधिकारबाट विमुख गर्न खोजिएको ज्ञवालीको टिप्पणी छ ।

उहाँले फैसलाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच द्वन्द्व निम्त्याउने काम गरेका भन्दै यो राजनीतिक विषय भएकाले अदालतले निर्णय गर्नु हुँदैनथ्यो, भन्नु भयो ।

सरकार बन्ने र बनाउने थलो संसद भएकाले संसदबाटै प्रधानमन्त्री नियुक्ति वा पदमुक्त हुनुपर्नेमा न्यायपालिकाको प्रवेश हुँदा लोकतान्त्रिक भविष्यको चिन्ता बढेको ज्ञवालीले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस