३ फागुन , बाँके । नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य तथा वाँके जिल्ला इन्चार्ज रक्तिम सीले नेपाल कम्युनिष्ट पार्टी समाजवादी क्रान्तिको अग्र मोर्चामा निरन्तर लागिरहेको दाबी गर्नु भएको छ ।
नेकपाको नेपालगंज उप–महानगरपालिको चौथो बैठकलाई शनिवार सम्वोधन गर्दै नेकपाका इन्चार्ज रक्तिम सीले नेकपा एकीकृत जनक्रान्तिको कार्यदिशा अन्तरगत समाजवादी क्रान्तिका अग मोर्चामा रहेको दाबी गर्नु भएको हो ।
उहाँले नेकपाले विगतका कम्युनिष्ट आन्दोलनबाट पाठ सिक्दै माक्र्सवादका तीन संघठक अंगहरुमा नयाँ विकास गरेको बताउनु भयो ।
इन्चार्ज रक्तिमले विश्वमा रुसी र चिनियाँ क्रान्तिका दुई मोडल भएको भन्दै यी मोडलहरु दुश्मनले बुझेकाले क्रान्तिकारीहरुले अब नयाँ तरिकाले एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत समाजवादी क्रान्ति गर्नु परेको जिकिर गर्नु भयो ।
उहाँले आगामी दिनुमा सहभागीहरुलाई पार्टी योजनामा सक्रियतापूर्वक लाग्नु पनि विशेष निर्देशन दिनु भयो ।
बैठकमा नेकपाका केन्द्रीय सदस्य अर्जुन सीले क्रान्तिकारी पार्टी बनाउन सुरुमा आदतिय सत्ता भत्काउनु पर्ने बताउनु भयो । कम्युनिष्ट हुन पुराना आदतहरु भत्काउदै नयाँ कम्युनिष्ट आदतहरु लागु गर्न सहभागीहरुलाई सुझाव दिनु भयो ।

यस्तै बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा नेपालगंज उप–महानगरपालिकाका इन्र्चाज शेखर सीले नेकपा अरु पार्टी भन्दा फरक र श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने पार्टी भएको दाबी गर्र्नु भयो । उहाँले जनताको पार्टी भएकाले नेकपा ०८४ मा जनतासंग चुनावमा संगै सहकार्य गर्न तयार भएको भनाई राख्नु भयो । बैठकमा नेकपा बाँकेका सेक्रेटरी दिपक सी, प्रतिनिधि समिति सदस्य महेन्द्र सीले बोल्दै नेकपालाई एकपटक साथ दिन अपिल गर्नु भयो ।
बैठक जयलाल सीको अध्यक्षतामा वसेको थियो । बैठकले पार्टीका योजनालाई नगरमा कडाईका साथ लागु गर्ने निर्णय समेत गरेको छ ।

