कोहलपुरमा अनुगमन भत्तामै करिव २३ लाख खर्च ,राज्य कोषको चरम दुरुपयोग


भाद्र ३० वाँके । कोहलपुर नगरपालिकाका केही जनप्रतिनिधि तथा कर्मचारीहरुले कोरोना महामारीका समयमा भत्ता वापत मात्र करिव २३ लाख रुपैया लिएको खुलासा भएको छ ।

कोहलपुर नगरपालिका श्रोतका अनुसार लकडाउनको समयमा अनुगमन तथा मुल्याङकन गरे वापत २२ लाख ८१ हजार ५सय ५५ रुपैया लिएको खुलासा भएको हो ।

जनताले लकडाउनको समयमा खान पाएका छैन तर कर्मचारी र जनप्रतिििनधिहरुले यतिका मोटो रकम राज्यकोषको दुरुपयोग गर्दै भत्ता शिर्षकमा मात्र खर्च गरेका छन ।

कोहलपुर नगरपालिका नगर प्रमुख लुट वहादुर रावतले एक दिन अनुगमन गरे वापत ३२ हजार ५ सय र उप प्रमुख सञ्जु कुमारी थारुले ४ दिन अनुगमन गरे वापत ५७ हजार २ सय ५०रुपैया भत्ता लिएका छन ।

यस्तै कोहलपुर वडा नम्वर ८ का वडा अध्यक्ष रेशम खत्रीले ४ दिन अनुगमन गरे वापत ४७ हजार १ सय ५०, कार्यपालिका सदस्य भिम नेपालीले ५१ हजार ८ सय , कोहलपुर वडा नम्वर ५ अध्यक्ष बिष्णु तिवारीले ३६ हजार ९ सय ५० र कार्यपालिका सदस्य डिल बहादुर परियारले ३५ हजार १ सय रकम भत्ता वापत लिएका छन ।

यस्तै कर्मचारीहरु तर्फ लेखा अधिकृत सुदिप सुनारले ७५ हजार ३ सय ,लेखा शाखाकै नर्वदा रावतले ७४ हजार २ सय रुपैया भत्ता लिएका छन ।
सामाजिक बिकास शाखाका बिर बहादुर बिकले ६० हजार ,ईन्जीनियर बाल कृष्ण महताराले ४० हजार ८ सय ,तत्कालिन प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्रदेव भारतीले १९ हजार , लेखा शाखाका कर्मचारी सिमान थारुले १ लाख १३ हजार ६ सय , ड्राईभर उमेश रिजालले १ लाख ९ हजार १ सय ५० रुपैया भत्ता लिएका छन ।

प्रेस सल्लाहकार भीम रावतले ३८ हजार ८०, समाजिक बिकास शाखाका हरी वलीले ३८ हजार ३ सय ,कर्मचारी कुल बहादुर राईले ५३ हजार ३ सय ५० र ड्राईभर खडक बहादुर खत्रीले ४९हजार ७ सय ५० रुपैया भत्ता लिएका छन ।

त्यसैगरी सूचना शाखा प्रमुख राजेश चापागाईले ६१ हजार ५ सय, स्टोर शाखा प्रमुख इन्द्रमणी ढकालले २४ हजार ४ सय , ड्राईभर दिनेश डांगीले ६५ हजार ४ सय ६० र कार्यालय सहयोगी राजेन्द्र टमट्टाले ५२ हजार ७ सय ७५ रुपैया भत्ता लिएका छन ।

यस्तै आर्थिक विकास शाखाका बिर बहादुर विकले ४० हजार १ सय , ल्याव टेक्नेसियन दिपक उपाध्यायले ५६ हजार २ सय , शिक्षा शाखामा कार्यरत हेम कुमार रावतले ३० हजार ७ सय , कानुन शाखाका बुद्धिमान विष्टले १९ हजार ,विपद् व्यवस्थापन शाखाका पुरुषोत्तम पोखरेलले ४७ हजार २ सय ५० र कर्मचारी करुणा विष्टले २९ हजार १ सय रुपैया भत्ता वुझेका छन ।

कर्मचारी तिर्थजंग शाहीले ३९ हजार ६ सय ५०, कर्मचारी गोपाल उपाध्यायले ५१ हजार ५ सय , नगर प्रमुखको सचिवालयमा कार्यरत हेमराज खत्रीले ४१ हजार ८ सय र शिक्षा शाखामा कार्यरत शिक्षा शाखा प्रमुख अनन्त कुमार पौडेलले ५६ हजार ३ सय रुपैँया कोहलपुर नगरपालिकाबाट बुझेको प्रमाण वाहिरीएको छ ।

नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी गरी ७७ जनाले अनुगमन वापत २२ लाख ८१ हजार ५ सय ५५ रुपैया बुझेको कोहलपुर नगरपालिको आन्तरिक श्रोतले दावि गरेको छ ।

कोरोना महामारीको समयमा दिन रात खट्ने नगर स्वास्थ्य शाखा अन्र्तगतका कर्मचारीहरुले भने भत्ता पाउन सकेका छैनन् ।
नगर स्वास्थ्य शाखा प्रमुख डिल्ली राज पोखरेल लगायतका कर्मचारीहरुले भत्ता लिएको नाम लिष्टमा पाइएको छैन ।

रात दिन कोरोनाको वेला काममा खटिरहने स्वस्थ्यकर्मीहरुले सुविधा पाएका छैनन् । काममै नखटिने कहिले काँहि अनुगमनमा जानेहरुले राज्य कोषको दुरुपयोग गरि सुविधा लिएका छन । यो दुखद कुरा हो स्वास्थ्य शाखाका एक कर्मचारीको गुनासो पोखेका छन ।

 

प्रतिक्रिया दिनुहोस