विप्लव नेकपाको पार्टी कार्यालय ‘रातो घर’मा प्रहरी हस्तक्षेप

चैत ४, बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीको कार्यालय ‘रातो घर’ मा प्रहरी र राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीहरुले हस्तक्षेप गरेका छन् ।

कार्यालयमा लगाएको ताल्चा तोडेर नेपाल कम्युनिस्ट पार्टीको नाम लेखिएको मुख्य ब्यानरसहितको झण्डा समेत प्रहरीले आज साँझ हटाएको हो । सो कार्यालय एक दशकदेखि तत्कालीन नेकपा ,त्यसपछि बैद्य समुह र अहिले विप्लव समुहले कब्जामा लिएको थियो ।

जनयुद्धकालमा राष्ट्रिय वाणिज्य बैंकको कार्यलय रहेको सो भवनलाई सुरुदेखिनै विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आइरहेको थियो ।

सो भवनमा रहेका झण्डा र ब्यानर प्रहरीले हटाएको भन्दा पनि माथिको आदेश पालना गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।

सिदार्थ राजमार्गको छेउमा पर्ने यो घर विप्लव नेतृत्वको पार्टीले कब्जामा लिएपछि राष्ट्रिय बाणिज्य बैंक भाडामा बस्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस