पुरानो सत्ता पूर्ण असफल, पूर्ण परिवर्तनको नयाँ पहल आवश्यक ः विप्लव


असोज ४ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्र चन्द (विप्लव)ले पुरानो सत्ता पूर्ण असफल भएको भन्दै पूर्ण परिवर्तनको लागि नयाँ पहल आवश्यक रहेको वताउनु भएको छ ।
उहाँले वर्तमान दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल भइसकेको दावी गर्दै सत्ताको पूर्ण परिवर्तनका लागि पहल लिन सबै अग्रगामी, प्रगतिशील, जनवादी, देशभक्त र लोकतान्त्रिक शक्तिहरू समक्ष आह्वान समेत गर्नु भएको छ ।
महासचिव विप्लवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघात लगायत संकटले दलाल पुँजीवादी राज्यसत्ताको असफलता पुष्टि गरेको निष्कर्ष पनि प्रस्तुत गर्नु भएको छ ।
प्रेस विज्ञप्तिमा महासचिव विप्लवले भन्नु भएको छ ‘यो असफलता र संकटको निकास संविधान संशोधन वा परिमार्जन नभएर राज्यव्यवस्थाको परिवर्तन हो ।’
विज्ञप्तीमा सबै अग्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूले राज्यसत्ताको पूर्ण परिवर्तनका लागि नयाँ आधारमा नयाँ पहल गर्न अत्यन्त जरुरी भएकाले सबैलाई यस दिशामा अग्रसर हुन विशेष आग्रह गरिएको छ ।

महासचिव विप्लवले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ :

प्रतिक्रिया दिनुहोस