महाविपत्तिले निम्त्याएको शासकको सार चरित्र

सम्पूर्ण परिवर्तनका पक्षधर मानुभावहरु, नेपालको राजनीतिक आर्थिक ,सामाजिक र साँस्कृतिक अवस्था ,राज्य व्यवस्था भित्रका सामन्ति संस्कृतिका नवअवसरवादी, लम्पट सर्वहारा अधिनायकवादी फिरंगि दलाल राष्ट्रवादी,दलाल पुजिवादी,सामाजिक दलाल, पुजिवादी नेता तथा दल र मातहतका वफादार झोलेहरुका कारण संकट माथि झन संकट थुपार्ने काम गरिरहेका छन । कर्मचारी नियुक्त ,सरुवा ,वढुवा शिक्षा ,स्वास्थ्य ,सञ्चार,याताया,वन तथा वातावरण, विकास निर्माण,विपत व्यवस्थापन ,रोजगार,उद्योग व्यापार,उत्पादन आयात र वजारिकरणमा पनि सामाजिक दलाल पुजिवाद,निगम पुजिवाद र दलाल नोकरसाह पुजिवादका कारण सम्पूर्ण राष्ट्र ,निकाय,पक्ष तथा राष्ट्रिय उद्योग व्यापार क्षेत्र पनि त्यो भन्दा फरक छैन । यसकारण यो व्यवस्था तथा सरकार संचालनका मतियारहरुले देश र जनताको प्रतिनिधित्व गर्न नसक्ने स्पस्ट देखिन्छ ।

विपत्तिका वेला जनतामा उत्पन्न समस्या

कोरोना महामारीका कारण विश्व आक्रान्त भएको बेला नेपाल पनि यसको भागेदारी बनिरहेको छ । जनताको भोक शोक र चिन्ताले दिन प्रति दिन मृत्युको संख्या थपिरहेको हामी देख्ने र सुन्ने गर्दछौं । तर यो कम्युनिष्टको दुई तिहाइको विदेशी प्रभुको टाङमुनि छिरेको केपि सरकारले कथित क्वारेन्टाइन र लकडाउनको नाममा नेपाली जनतामाथि लासको कात्रो माथिको कमिसनको व्यवहार गरि जनतावाट नाङ्गीने जुन चेस्ठा गरेको छ । यो अन्तत्वागत्वा कसैले पनि कल्पना नगरेको स्थितिमा महापतन हुने प्रायः निश्चित छ, । उता अविरल वर्षाले देशभरको विभिन्न ठाउँहरुमा वाढी र पहिरोका कारण नसोचेको मानविय तथा अन्य भौतिक क्षतिको सिमानै छैन । तर सरकार केवल पद र कुर्चिको लुछाचुडिमा केन्द्रित रहेको छ । यता अस्पतालमा भ्यान्टिलेटर छैन । कोरोना सँक्रमितलाई क्वारेन्टाइन छैन । बाढी पिडितलाई सहयोग छैन । विदेश तथा स्वदेश वाट घर फर्किने नेपाली फर्किन पाएका छैनन । ज्याला मजदुरी गरि जीविको पार्जन गर्ने व्यरोजगार गरिव मजदुरहरुलाई रोजगारको सृजना त के भएको गुजरा वाट पनि कथित लकडाउनले खोसिदिएको छ,।

केवल सिमित समयको लागि कार्यालय खुल्ला गरि आफ्नो अनुकूलतामा मुठिभर शासक र नजिकका आसेपासे अनि संगठनका निमित्त कर असुलि गर्न तथा राज्यको रकम दोहन तथा व्रहम्मलुट मच्चाउन योजना मिलाउन वडो संकास्पत अनि हाँस्यास्पद तरिकाले निस्चित समयका लागि लकडाउन गरियो र खुकुलो पनि वनाईयो यसले ज्याला मजदुरी गरि खाने गरिव नेपाली जनतालाई प्रत्यक्ष प्रतिकुल असर परिरहेको छ । दैनिकि गुजारा चलाउन समेत धौधौ परेको छ । शिक्षाको त कुरै छाडौ अव त विद्यार्थीलाई कलेज,स्कुल र किताब अनि परीक्षाको कुरा गर्यो भने पनि स्पस्ट राज्यको लाहपर्बाहीको दोस लगाउने गर्दछन । जसका कारण भविष्य डामअडोल भएको संकेत उद्घोष गर्दछन । सहर वजारमा डेरा गरि जीविका सञ्चाल गर्ने साना व्यपारीहरुलाइ असर परिराखेको छ । कसरी भाडा तिर्ने ,बाल बच्चालाई कसरी पाल्ने अनि कसरी साहुको अर्थात बैंकको ऋण तिर्ने भन्ने विषयमा । यी त उदाहरणीय पात्र मात्रै हुन । स्वदेशी पुजि लगानी कर्ता समेत उच्च जोखिममा रहेको कुरा हामी समय समयमा सञ्चार माध्यमबाट पीडा सुनाएको देख्न अनि सुन्ने गरेका छौ ।

शासकको यथार्थ चरित्र

यसरी हेर्दा जवसम्म शासन सत्ता र व्यवस्थामा साम्राज्यवादको आढ भरोसामा देशीय शक्ति सामाजिक दलाल पुजिवादको संसदीय व्यवस्था टिकिरहन्छ । त्यसले राष्ट्रिय स्वतन्त्रता ,स्वाधीनता र जनजीविकाको सवालमा काम गर्दैन । नेपाली जनताको आर्थिक जीवनस्तर सुधारमा योगदान गर्दैन सत्तालाई आफ्नो स्वार्थको साधन वनाउने,प्राकृतिक श्रोत साधनमा आधारित कच्चा पदार्थमा दलाली गर्ने,राष्ट्रिय उत्पादनका उद्योगलाई विस्तापित गराउदै आयातित सामानलाई प्रशय दिने ,निरन्तर देशको आर्थिक संकट टार्न बाह्य ऋण लिदै स्वार्थ पूरा गर्ने,बाह्य सहयोग अनुदान रकमलाई आफ्ना वरिपरिका झोले भजनेकृतने दलालहरुलाई आन्तरिक रुपमा उपलब्ध गराई कमिसन खाने,राष्ट्रवादी परिवर्तनकारी शक्तिलाई आफ्नो कालो कर्तुतको पर्दाफास गराउने निस्चय देखेपछि दमनकारी नीति अवलम्बन गर्ने तथा गराउने,खनिज पदार्थ निर्माण यातायात ,आयात निर्यात लगायतका क्षेत्रमा विना रोकतोक साम्राज्यवादी दलाल र नेपाली दलालको साठँगाठँलाई निरन्तरता दिई आन्तरिक सम्झौता गराई कमिसन खाएर आफ्ना दलालहरुलाई मजबुत गराउने जस्ता तमाम किसिमका दलाल संसदीय चरित्र भएकोले यो व्यवस्था को अन्त्य हुन जरुरी छ ।

त्यसका लागि प्रगतिशिल देशभक्त परिवर्तनकारी शक्ति ,मालेमावादी विचारक,राष्ट्रिय उद्योगी ,राष्ट्रवादी कर्मचारी ,सुरक्षा निकाय,नागरिक समाज ,पत्रकार ,मानवधिकारवादी,आम औधोगिक पुजि निर्माण गर्ने साना स्वरोजगार व्यवसायि देखि लिएर ठुला उद्योगी व्यवसायीहरुलाइ लगायत अन्य सरोकारवाला निकाय समेतलाई राजनीतिक,आर्थिक ,सामाजिक,परिवर्तनका लागि एकताबद्ध भई अगाडि बढ्न वर्तमान परिस्थिति मा अपरिहार्य आवश्यकता भएको देखिन्छ ।

१ वैदेशिक दलाल निगम पुजि

दलाल पुँजीवाद पनि एउटा समाजिक व्यवस्था नै हो । यो व्यवस्था सामन्तवाद र साम्राज्यवादको गठजोडमा बन्ने एक प्रकारको विकृत पुँजीवादको रुप हो । यसको चरित्र घोर दलाली र आत्मसमर्पणवादी हुन्छ । यो व्यवस्था परनिर्भर र परजीवि प्रकारको हुन्छ । यो पुँजीवादकै एक रुप हो । यो साम्राज्यवादको नयाँ अर्थनीतिसँग जोडिएको हुन्छ । विगतका (अघिल्ला ) नीतिहरूले काम नचलेपछि वा अपूर्ण बन्न पुगेपछि पुँजीपति वर्गले आफ्नो आर्थिक अधिकारलाई बलियो पार्न र चारैतिर फैलाउन निगम पुँजीको विकास गरिएको हुन्छ । निगम पुँजीको मूल चरित्र भनेको एउटै डालो भित्रबाट एकीकृत योजनाद्वारा सम्पूर्ण क्षेत्रलाई नियन्त्रण गर्ने रहेको हुन्छ । यसले एकै ठाउँबाट पुँजीको उत्पादन, विनिमय र वितरणलाई परिचालन गर्छ । चाहे कारखानाहरू होस्, चाहे बैङ्क होस्, चाहे बजार, चाहे विज्ञापन, सूचना माध्यम (रेडियो, टीभी, पत्रिका, अनलाइन आदि) चाहे कार्यकारी सरकार, कर्मचारी, पार्टीहरूलाई नै होस्, सबैलाई सञ्चालन गर्छ । पछिल्लो समयमा अमेरिकाको ओबामा सरकार र भारतको मोदी सरकारको निर्माण र सञ्चालन पनि निगम पुँजीवादले गरिरहेको विश्लेषण गरिएको छ । मोदीको चुनाव र विजयलाई त खुलेआम अम्बानी गुरुपसँग जोडेर गरिएको छ । निगम पुँजीको चरित्रलाई हेर्दा यसलाई भोको अजिङ्गरसँग तुलना गर्न सकिन्छ जसले अगाडि परेका सबै जीवलाई आहारा बनाउँछ ।

२ राष्ट्रिय पुजि

सम्पुर्ण परिवर्तनकारी राष्ट्रप्रेमि देशभरका देशभक्ति क्रान्तिकारी तथा परिवर्तनका पक्षधर मान्यवरहरु, वास्तवमा राष्ट्रिय व्यवसायीहरु देशको अर्थतन्त्रको मेरुदण्ड हुन चाहे साना हुन या ठुला, हरेकले आफ्नो गति अनुसारको व्यरोजगारीलाई रोजगार सृजना ,उत्पादन तथा वजारिकरणमा सहुलियत ,आयात तथा निर्यातमा सहजिकरण गरेका हुन्छन । तर यो विदेशी प्रभुको टाङ मुनि छिरेको यो नवअवसरवादी ,अधिनायकवादी ,लम्पट सर्वहारावादी फिरंगि सरकार सञ्चालक माक्स,लेनिन र माओको वाहिरी आवरणमा खोल ओढेका कमाउनिष्टहरुले राष्ट्रिय उद्योगी व्यापारीलाई अर्थतन्त्रको मेरुदण्ड मान्न तयार छैनन । ,साना व्यवसायी देखि लिएर सवै प्रकारका उद्योगी व्यवसायीहरुलाइ विभिन्न माध्यम वाट पुरस्कृत गर्नुको सट्टा दन्ड दिने काम गरिरहेको छ । राष्ट्रिय उत्पादन लाई विस्तापित गराउन कथित लकडाउनको वाहाना वनाई कलकारखानाहरु बन्दको प्रबन्ध मिलाउदछ । तथा राष्ट्रिय उत्पादन र उद्योगपति लाई टाट पल्टाइ वैदेशिक निगम पुजि भित्र्याउन विदेशी दलालहरुसंग साठँगाठँ गरि वस्तु आयात गरि वजारिकरण गर्न झोले तथा भक्तहरुलाइ प्रशय दिने गर्दछन ।

३ दमनको नीति

राष्ट्रिय तथा अन्तरास्ट्रिय जगतमा समेत आफ्नो दलाल छवि कायम गर्न सफल यस नालायक फिरंगि दलाल सरकारका हरेक गतिविधि लाई जनता सामु निरन्तर एक पछि अर्को चिरफार गर्न तथा नेपाल र नेपालीको समृद्ध र विकास का निम्ति जनतालाई जागरुक तथा सचेत गराउदै दमनका विरुद्ध प्रतिरोध गर्ने अठोट संकल्पका साथ जनताका माझ लोकप्रिय वन्दै गहिरहेको विप्लव नेतृृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरूलाई अपहरण शैलिमा गिरफ्तार गरि जेल हालेर यातना दिदैमा ,जेल र झूट्टा मुद्धाले क्रान्तिलाई र क्रान्तिकारीका वुलन्द आवाजलाई कमजोर पार्न सक्दैन । बरु क्रान्तिले दमनकारी र अन्यायपूर्ण जेल र हिरासतलाई विस्थापित गर्नेछ । हामीले कल्पना गरेको वैज्ञानिक समाजवादको स्थापनाले सामाजिक न्यायलाई नयाँ उचाइमा स्थापित र विकास गर्नेछ । जहाँ सभ्य, वैज्ञानिक र न्यायपूर्ण राज्यव्यवस्था हुनेछ । त्यहाँ जेल र हिरासतको आवश्यकता नै पर्ने छैन ।

नेकपाको प्रतिरोधात्मक कार्य

हामीलाई थाहा छ संशोधनवाद र अवसरवाद सँगको संघर्षमा विजय भएर नै माक्र्सवाद जन्मेको हो र अन्तराष्ट्रिय सँसोधनवादीहरु सँग लडेर नै लेनिनवाद जन्मिएको हो । अनि अन्तराष्ट्रिय सँसोधनबादीहरु र चीनीया नबसँसोधनवादी सँग लडेर माओवाद जन्मिएको हो । नेपालका सन्दर्भमा लम्पट सर्वहारा अधिनायकवादी फिरंगि नेपालका जडसुत्रीय सँसोधनवादी दलालहरु,नबसँसोधनवादीहरु र दक्षिणपन्थी बिसर्जनवादीहरुका बिरुद्धको सँघर्ष बाट नेपाली विशिष्टताको मालेमावादी पार्टी जन्मियो । जो विप्लवको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी हो । यहाँ कुनैपनि इतिहाँसको मुल्यांकनको बैज्ञानिक बिधि माक्र्सवादका अनुसार ऐतिहासिक भौतिकवाद हो ।

नेपालमा लम्पट सर्वहारा अधिनायकवादी फिरंगि जड्सुत्रीय सँसोधनवादी नब सँसोधनवादी र दक्षिणपन्थी बिसर्जनवादीका बिरुद्ध जीवनमरणको संघर्षद्वारा तिनलाई प्राजित गरेर मात्र महान एकीकृत जनक्रान्ति को कार्यदिसा लिएर आगाडि बढेको नेकपा राष्ट्रको बैकल्पिक क्रान्तिकारी कम्युनिष्ट सक्ति हो । प्रतिक्रन्तिका बिरुद्ध क्रान्ति, गद्रारीका बिरुद्ध सँघर्ष गर्दै २१ औँ शताब्दीमा क्रान्ति सम्पन्न गर्ने तथा प्रतिक्रान्ति को खतरालाई रोक्ने उद्देश्यबाट नगल्ने नथाक्ने र नढल्ने अविचलित खम्बा युद्धन्मादी बर्ग दुश्मनका किल्ला भत्काउदै जनताको स्वर्णीम सत्ता स्थापनाका लागि जीवन र मृत्यु लाई संगै डोर्याउदै निधारमा कफन वाँधि मृत्युु पत्र मा हस्ताक्षर गरि रगतको भेलवाट जन्मिएको हाम्रो इतिहासँलाई वैज्ञानिक समाजवादी व्यवस्था जनता सामु नल्याउदा सम्म निरन्तर मालेमावादी विचारलाई अनुसरण गरि कहिले पनि नथाक्ने चेष्ठा का साथ एकीकृत जनक्रान्तिको महासागरमा अनवरत लागि रहेको कुरा पनि देशमा शासकहरुलाई छर्लङ्ग छ ।

अब अन्त्यमा

सत्ता,श्रोत,साधन सवै क्षेत्रमा रहेका दलाल पुजिवादका विरुद्ध वैचारिक,राजनैतिक ,सैद्धान्तिक र सांगठनिक रुपमा राज्यका तमाम निकाय लगायत उद्योग व्यापार क्षेत्रमा एकीकृत औधोगिक विकास जनहितकारी व्यवसायी नीति,निर्माण गर्न ,पुजिको विकासका लागि आम राष्ट्रिय उद्योगी , क्रान्तिकारी शक्ति , राष्ट्रवादी ,व्यवसायीहरुको रक्षा विकास र सुरक्षा गर्न एकीकृत जनक्रान्तिमा सहभागी बनौ । फेरिपनि म दोहो¥याएर भन्दै छु । कतिपयलाइ लाग्न सक्छ जहिले ,जहाँ,जतिखेर पनि एकीकृत जनक्रान्ति भन्छन के हो यो भनेर ? हो हामीले भन्ने गरेका छौ । एकीकृत जनक्रान्ति भनेको माक्र्सवाद , लेनिनवाद , माओवाद शसस्त्र विद्रोह र दीर्घकालीन जनयुद्धका आधारभूत सार्वभौमिक पक्ष बल प्रयोगको अनिवार्यता र वर्गीय अधिनायकत्व सहित समकालीन परिवर्तित समाज अन्तर्गत नगर समाज , मध्यम वर्गको विकास , विज्ञान र प्रविधिको विकास , नेपाली सामाजको मिश्रित बनौट , राष्ट्रवादी धारा , दलाल पुँजीवाद र भुपरिवेष्ठितता आदि जस्ता नयाँ विशेषतालाई सम्बोधन गर्दै विकसित नेपाली क्रान्तिको नयाँ कार्यदिशा नै एकीकृत जनक्रान्ति को कार्यदिशा हो “।

दलाल तथा सामन्तवादी राज्यसत्ताको अन्त्य गर्न, जनवादी राज्यसत्ताको स्थापना गर्न ,उत्पीडित वर्ग, जाति, लिङ्गलाई अधिकार सम्पन्न बनाउन,जनता र राष्ट्रलाई जनवाद, समाजवाद र साम्यवाद तिर अग्रसर गराउन,साम्राज्यवादी र विस्तारवादी मुख्यतः अमेरिकन साम्राज्यवादी तथा भारतीय विस्तारवादी हस्तक्षेपको विरुद्ध संघर्ष गर्दै स्वाधीन राष्ट्रको निमार्ण गर्न हामी समस्त परिवर्तनकारी नेपालीहरु घरेलु प्रतिक्रियावाद र सामन्तबादको अन्त्य संङ्गै सर्बहारा बर्गको उत्थान, जनताको जनबाद, समाजबाद हुँदै साम्यबादको महान समरको यात्रामा परि आए जीवन उत्सर्ग गर्न लाखौं लाख हामी राता मान्छे निधारमा कफन वाँधेर मृत्यु पत्रमा हस्ताक्षर गरि अगाडि बढ्न वर्तमान समयको अपरिहार्यता देखिन्छ ।
एकीकृत जनक्रान्तिः जिन्दावाद । वैज्ञानिक समाजवादः जिन्दावाद ।। नेपाल कम्युनिष्ट पार्टी ःजिन्दावाद ।।।

प्रतिक्रिया दिनुहोस