जनार्दन शर्माको यस्तो वार्गेनिङ्गले संगठन विभाग प्रमुख पट्टकाए


९ भदौ, कालिकोट । जनार्दन शर्माको वेला –वेला पार्टी अध्यक्ष प्रचण्ड संगको कडा वार्गेनिङ्गले लाभका पदहरु आफु र आफ्नो परिवार केन्द्रीत हुने गरेकोे रहस्य सार्वजनिक भएको छ ।

यसको पछिल्लो उदाहरण पार्टी अध्यक्ष संगको चर्को वार्गेनिङ्गले आफु भन्दा सिनियर नेताहरु भएर पनि शर्माले संगठन विभाग प्रमुखको पद आफ्नो पोल्टामा पार्न सफल हुनु भएको छ ।

हुन त पार्टी अध्यक्ष संगको चर्को वार्गेनिङ्गले यसअघि अर्थमन्त्रीको पद पनि पट्टकाई सक्नु भयो । यस्तै कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको अर्थमन्त्रीमा पनि आफ्नो भाई गोपाल शर्मालाई वनाइ सक्नु भयो ।

त्यतिवेला तल कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीलाई मन्त्री वनाउनै पर्ने चर्को दवाव दिने र माथि प्रचण्ड संग मन्त्री वनाउनै पर्ने चर्को वार्गेनिङ्ग गर्ने जनार्दनको कलाले प्रदेश सरकारको अर्थमन्त्रीको पद आफ्नो भाईलाई पट्टकाउन सफल हुनु भयो ।

भाईको मात्र होइन आफ्नो पनि सफल हुनु भयो । अर्का भाई शुभ शर्मालाई पुरानो सरकारी संचारमाध्यम गोर्खापत्रको निर्देशक वनाउन पनि सफल हुनु भयो । सवै ठाउँमा जनार्दन शर्मा सफल हुनुमा पार्टी अध्यक्ष भित्रको ठुलै कुनै गडवढी छ भन्नेहरुको पनि संख्या कमि छैन ।

पार्टीमा छलफल नै नगरी जनार्दन शर्मा प्रभाकरलाई अर्थमन्त्री बनाउनु भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेताहरुको जिम्मेवारी बाँडफाँट गर्दा जनार्दनलाई संगठन विभाग प्रमुख वनाउन वाध्य हुनु भयो ।

वेला वेला आफुले भने जस्तो नभए पार्टी वाट युवा नेताहरुले विद्रोह गर्ने चेतावनी प्रचण्डलाई जनार्दनले दिने गर्नु भएको छ । जसका कारण प्रचण्ड जनार्दनको कुरा काट्न नसक्ने अवस्था भएको एकथरिले अनुमान गर्ने गरेको छन ।

अर्को थरिको सेनाको क्यान्टोनमेन्टको पैसा जनार्दन डेपुटी कमाण्डर हुदा प्रचण्डले पनि ठुलो पैमानामा खाएकाले पोल खुल्ने डरले जनार्दनको कुरा मानिरहन प्रचण्डलाई वाध्यकारी भएको वुझाई छ ।

यसकै निरन्तरता यसपटक मन्त्री बनाउँदा पनि पार्टीमा छलफल र सहमति नगरी जनार्दनको धम्कीले प्रचण्डले वनाउनु भएको छ । संगठन विभाग प्रमुख पनि त्यसकै निरन्तरता भएको पार्टी भित्रकै नेताहरुले वताउने गरेका छन ।

माओवादी केन्द्रकै नेताहरुले भने जनार्दनले अर्थमन्त्री र संगठन विभाग प्रमुखको जिम्मेवारी एकसाथ पुरा गर्न नसक्ने प्रचण्डलाई वताएका थिए । पार्टीमा महासचिव नभएकाले संगठन विभाग प्रमुख २४ घण्टा खट्नुपर्ने अवस्था भएकाले वनाउन नहुने नेताहरुले वताएका हुन ।

तर प्रचण्डले भने ‘जनार्दनले मान्दै नमानेको भन्दै वैठकमा सहमति वेगर जनार्दनलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिनु भएको छ ।

‘मन्त्रालयमा दिनमा ३०÷४० वटा फाइल सदर गर्नुपर्छ । विषय विज्ञता नभएकाले अध्ययन पनि गर्नुप¥यो,’ एक नेताले भन्नु भयो , ‘यस्तो बेला संगठन विभागको जिम्मेवारी अरुलाई दिनु उपयुक्त हुन्छ भन्ने हाम्रो जोड थियो ।’

जनार्दनकै योजनाअनुसार जिम्मेवारी बाँडफाँट गर्नुलाई प्रचण्डको एउटा प्रयोग भएको नेताहरुले भनेका छन । ‘यो आफ्नो र पार्टीको शाख जोगाउन प्रचण्डको विभिन्न प्रयोगमध्ये पछिल्लो प्रभाकर प्रयोग हो,’

प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नै संगठन विभाग प्रमुख बनाउने वचन दिनु भएकाले यतिवेला जनार्दनलाई वनाउन वाध्य हुनु भएको हो ।

प्रचण्डले कहिले वर्षमान पुन अनन्त त कहिले जनार्दन शर्मालाई प्रयोग गर्ने र उचो निचो वनाउने गरेको केही नेताहरुले वताउने गरेका छन ।

अहिले रोल्पाली नेता वर्षमान पुन अनन्त र रुकुमका नेता जनार्दन शर्मा प्रभाकरको अघोषित प्रतिस्पर्धा छ ।
नेताहरुका अनुसार कुनै समय पार्टी संगठनमा वर्षमान हावी हुुनुहुन्थ्यो , अहिले जनार्दनलाई हावी वनाइयो ।

यो पटकको जिम्मेवारी बाँडफाँटले त्यही देखाउँछ । जनार्दनसम्बद्ध स्रोत भन्छ, ‘नारायणकाजी श्रेष्ठ, ‘अनन्त’ र शक्ति बस्नेत बाहेक अरु उहाकै फर्मेसन अनुसार भएको हो ।’

माओवादी केन्द्रले प्रदेशका सहइन्चार्ज, अध्यक्ष र सचिव तोेकेकोमा लुम्बिनी र कर्णाली प्रदेशमा शर्मा हावी हुनु भएको छ । उता नाराणकाजी श्रेष्ठले पार्टी भित्रका यस्तै विकृतिहरु विरुद्ध चर्को विरोध गर्नु भएको छ ।

जसका कारण उहाँलाई प्रवक्तावाट हटाई पुन कृष्ण वहादुर महरालाई ल्याइएको छ । विश्लेषकहरुले भन्ने गरेका छन ढिलो चाँडो प्रचण्ड र नारायणकाजी विच फुट पैदा हुने छ ।

यस्तै प्रचण्डले जनार्दनको कुरा नमाने पछि व्यक्तिगत रुपमा सेना भित्रको रुपैया भ्रटाचारको मुद्धाले ठुलो धक्का खानु पर्ने अवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस