सबैखाले राष्ट्रघात विरुद्ध संघर्ष गर्ने निर्णय गर्दै नेकपा केन्द्रीय समितिको बैठक सकियो

१२ माघ,कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीको एक हप्ता देखि जारी केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सवै खाले राष्ट्रघात विरुद्ध संघर्ष गर्ने निर्णय गर्दै वुधवार सकिएको छ ।

पार्टी कार्यालय कपिलवस्तुमा सम्पन्न वैठकले आगामी छ महिनाका लागि एकीकृत जनक्रान्तिको कार्ययोजना निमार्ण संगै सवै खाले राष्ट्रघात विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।

वैठकले क्रान्तिकारी कम्युनिष्ट शक्तिहरु बीच एकता र ध्रवीकरणका लागि पहल गर्ने निर्णय पनि गरेको छ । केन्द्रीय समितिको वैठकले पार्टी भूगोल संरचनामा २१ वढी व्यूरो वनाएर संगठन सुदृढ गर्ने योजना वनाएको छ । वैठकले पार्टीको छ सदस्सीय स्थायी समिति,पोलिट व्यूरो तथा केन्द्रीय सदस्यहरुको समेत कार्यक्षेत्र ठोस गरेको छ ।

बैठकमा सहभागी एक केन्द्रिय सदस्यका अनुसार ६ सदस्यीय स्थायी कमिटी सदस्यहरुमा महासचिव विप्लवले समग्र पाटीर्को नेतृत्व गर्ने,पार्टीको विदेश तथा अर्थ विभागको इन्चार्जको रुपमा पार्टी प्रवक्ता प्रकाण्डले हेर्ने,सत्ता र जनपरिषदको इन्चार्जको रुपमा विषमले हेर्ने , प्रकाशन तथा प्रचार विभागको इन्चार्जको रुपमा अनिलले हेर्ने, स्कुलिङ विभागको इन्चार्जको रुपमा रणवीरले हेर्ने र जनवर्गीय संगठन तथा मोर्चाको इन्चार्जको रुममा शिलुले हेर्ने जिम्मेवारी तोकिएको छ । यस्तै व्यूरो गठन संगै व्यूरो इन्चार्ज पनि ठोस गरिएको छ भने देशभरका जिल्ला इन्चार्ज पनि केही नयाँ हेरफेर गरिएको छ ।

नेकपाको वैठकले पार्टी संगठन जनमुखि वनाउने, जनता संग जोडिएको संगठन वनाउने,दलाल संसदीय व्यवस्थाले थोपरेको शोषण,दमन,अन्याय अत्याचार विरुद्ध संघर्ष गर्ने,एमसीसी तथा सवै खाले राष्ट्रघाती सम्झौता खारेजीको आन्दोलन गर्ने लगायतका निर्णयहरु गरेको पार्टी निकट श्रोतले जनाएको छ ।

महासचिव विप्लवले वैठकमा पेश गरेको पार्टी योजनालाई कडाइपूर्वक लागु गरौँ, एकीकृत जनक्रान्तिलाई अगाडि बढाऔँ, शिर्षकको दस्तावेज माथि केन्द्रिय सदस्यहरुले धारण राखेपछि एकमतले पारित समेत भएको छ ।

जसअनुसार नेकपाले आगामी ६ महिनाका लागि राजनीतिक, वैचारिक, आर्थिक, संगठन, संघर्ष र प्रचारप्रसार सम्बन्धि आवधिक योजना निर्माण गरेको छ ।
बैठकको समापनमा नेकपाका महासचिव विप्लवले नेपालको आर्थिक, सामाजिक संकटले देशको जिम्मा लिने ऐतिहासिक जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टीको काधमा आएको भन्दै पार्टीको त्यो कार्यभार पूरा गर्न केन्द्रीय समितिलाई निर्देशन दिनु भयो । उहाँले सहि विचार, योजना र नीतिले मात्रै त्यो कार्यभार पुरा गर्न सम्भव भएको वताउदै क्रान्तिकारी आन्दोलनको क्रममा आउन सक्ने कुनै पनि सम्भावनालाई चुम्न र पहल लिन समेत जोड दिनु भएको एक नेताले वताएका छन ।

नेकपाले केन्द्रीय समितिको वैठक वस्नु अघि केन्द्रीय प्रतिनिधि समिति तथा पोलिट व्यूरो सदस्यहरुको वैठक वसेर सुझाव समेत लिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस