प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद गठन,गृहमा रवी

११ पुुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिए लगत्तै आजै ८ सदस्यीय मन्त्रिपरिषद गठन गर्नु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गर्नु भएको हो ।

उपप्रधानमन्त्रीमा नेकपा एमालेका नेता विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने नियुक्त हुनु भएको छ । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नु हुनेछ ।

मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहनु भएको छ । उहाँहरुको कार्यभार पछि तोकिनेछ । ३ जना उपप्रधानमन्त्री र चारै जना मन्त्रीले सोमबार नै शपथ लिएका छन ।

प्रतिक्रिया दिनुहोस