नेकपा कालिकोटको तेस्रो पुर्ण वैठक सम्पन्न,महाधिवेशन प्रतिनिधि छनौट

१२ असोज,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटको तेस्रो पुर्ण वैठक ९ औ महाधिवेशनमा जाने प्रतिनिधि वारे निर्णय गर्दै सम्पन्न भएको छ ।
वैठकले नेकपाको नवौ महाधिवेशन आगामी असोज २५ गते देखि ३१ गते सम्म कपिलवस्तुमा हुने भएकाले त्यसको वाँकी तयारीमा लाग्ने निर्णय गरेको छ । वैठकमा पार्टीका केन्द्रीय सदस्य तथा कालिकोट जुम्ला जिल्ला इन्चार्ज कर्ण भण्डारी (विराट) ले नेता कार्यकतालाई वाँकी महाधिवेशनको तयारी काममा लाग्न निर्देशन दिनु भयो ।

उहाँले विद्यमान दलाल संसदीय पुँजीवादी व्यवस्था नै अहिलेको परिवर्तनको वाधक भएको वताउनु भयो । नेता विराटले दलाल व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था अनिर्वाय वन्न गएको प्रष्ट्यानु भयो ।

उहाँले भन्नु भयो “ विश्व कम्युनिष्ट आन्दोलनमा नयाँ दृष्टिकोण निर्माण गर्ने विश्वका श्रमजीवी वर्गको वैज्ञानिक समाजवाद लाई स्थापना गर्ने एक क्रान्तिकारी शक्तिशाली अप्राजय शक्ति निर्माण गर्ने नवौ महाधिवेशन हुनेछ । विश्व पुँजीवाद नै विश्व मानव जातिको सर्वनास गर्ने राक्षस हो । एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गरेर मात्र जनता को पुर्ण मुक्ति हुने छ ।”

वैठकले नेकपा को नवौ महाधिवेशन को ऐतिहासिक राजनीतिक दस्तावेज र विधान माथीको सुझाव लाई केन्द्रमा पठाउने निर्णय पनि गरेको छ । वैठकले नवौ महाधिवेशन प्रतिनिधिका रुपमा मनिलाल ऐडी (रणदिप),प दम वि क (शाहासी), छत्र वम (समग्र) र कलसा विक (शान्ति )लाई पठाउने सर्वसहमत निर्णय गरेको छ ।

वैठकमा प्रमुख अतिथिको रुपमा नेकपा केन्द्रीय सदस्य विराट, अतिथिको रुपमा नेकपा कालिकोट जिल्ला पुर्व सेक्रेटरी रणदिप र नेकपा कालिकोट जिल्ला सल्लाहकार संयोजक समग्रको उपस्थिति रहेको थियो । वैठक जिल्ला सेक्रेटेरी शाहासीको अध्यक्षतामा रास्कोटमा वसेको हो ।

 

प्रतिक्रिया दिनुहोस