१५ भाद्र,कालिकोट । नेकपाका केन्द्रीय सदस्य भरत बम (रणवीर) ले दलाल संसदीय पूँजीवाद अहिलेको राजनैतिक निकासको प्रमुख समस्या भएको भन्दै संकटको निकास वैज्ञानिक समाजवाद भएको वताउनु भएको छ ।
नेकपा कालिकोटको चौथों जिल्ला सम्मेलनको शान्नित्रिवेणीमा वुधवार प्रमुख अतिथिकाे रूपमा उद्घाटन गर्दै नेता वमले वैज्ञानिक समाजवाद मात्र दलाल पूँजीवादको विकल्प भएको ठोकुवा गर्नु भयो ।
उहाँले सरकारले तीन वुँदे सहमति कार्यान्वय नगरेर उल्लंघन गरेको भन्दै यदि तीन वुँदे कार्यान्वयन नगरे त्यसले उत्पन्न गर्ने परिणामको जिम्मेवारी सरकारले लिनु पर्ने चेतावनी दिनु भयो
कार्यक्रममा प्रमुख अतिथि बमले विगतमा कालिकोट वर्गसंघर्षको केन्द्र विन्दु भएको र अहिले पनि बर्ग संघर्षको केन्द्र विन्दुमै पर्ने भएको भन्दै एकीकृत जनक्रान्तिमा फेरी पनि कालिकोटे जनताको ठुलो योगदान आवश्यक भएको टिप्पणी गर्नु भयो ।
“राष्ट्रियता,आत्मसमर्पणवाद, दलाल संसदीय पूँजीवाद र सामाजिक फासिवाद विरुद्धको हाम्रो अभियान , रािष्ट्रय स्वाधीनता र सामाजिक न्यायका लागि वैज्ञानिक समाजवाद स्थापनाका लागि चौथों जिल्ला सम्मेलन” भन्ने मुलनाराका साथ जिल्ला सम्मेलनको उद्घाटन भएको हो ।
सम्मेलनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिदै नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जुम्ला जिल्ला इन्चार्ज कार्यक्रमका अतिथि कर्ण भण्डारी (विराट)ले वैज्ञानिक समाजवाद नै अहिलेको संसदीय व्यवस्थाको संकटको निकास भएको जिकिर गर्नु भयो । उहाँले तीन वुँदे कार्यान्वय गर्न सरकारलाई आग्रह गर्नु भयो । यस्तै नेकपाका विशेष समिति सदस्य हिमशिखर,सहिद परिवार बाट राधिका शाही, जनपत्रिका ड्टकमका व्यवस्थापक धनराज शाही लगायतका अतिथिहरुले सम्मेलन सफलताको शुभकामना दिनु भएको थियोे ।
जिल्लाको ९ वटा पालिका वाट जनता, प्रतिनिधि, पर्यवेक्षकहरु नारा जुलुस सहित उद्घाटन सत्रमा सहभागी भएका छन । सम्मेलनको उद्घाटन सत्रमा विभिन्न साँस्कृति प्रस्तुतिहरु समेत प्रस्तुत गरिएका थिए ।
जिल्ला सेक्रेटरी रणदिपको अध्यक्षतामा उद्घाटन भएको सम्मेलनको स्वागत मन्तव्य धरातलले दिनु भएको थियो भने संचालन शाहसीले गर्नु भएको थियो । सम्मेलनको बन्दसत्र भोली हुने र नयाँ नेतृत्व निर्वाचित हुने नेकपा कालिकोटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस