महाविपत्तिको रसुवा बाढीः ४६९ जनाको शव भेटियो, ९७७ जना वेपत्ता

१२ भदौ, काठमाडौं । रसुवा बाढीमा परेकामध्ये ४६९ जनाको शव फेला परेको छ ।

आज बिहान ७ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर ४६९ जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ ।

सबै भन्दा चितवनमा शवहरु भेटिएका छन । प्रहरीको पछिल्लो प्रतिवेदन अनुसार ९७७ जना अझै बेपत्ता छन् ।

प्रहरीले अझै उद्धार कार्य जारी भईरहेकाले मृतक संख्या बढन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस