बर्दियाको गेरुवामा नेकपाको पार्टी प्रशिक्षण सम्पन्न

 

२९ माघ,बर्दिया । नेपाल कम्युनिष्ट पार्टी बर्दियाले जिल्लाको पश्चिम कमाण्डमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको पश्चिम कमाण्डमा रहेका पार्टी कार्यकर्ताको सहभागीतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नेकपा बर्दियाले जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य हिमशिखरले प्रशिक्षण दिर्दै संसदीय व्यवस्था संकटग्रस्त भएकाले नेपालमा वैज्ञानिक समाजवाद जरुरी भएको वताउनु भयो । उहाँले संसदीय व्यवस्थाको अन्त्यका लागि सवै नेता कार्यकर्ताले जनआधारित पार्टी वनाउन र वेथितिका विरुद्ध संघर्ष गर्न जनता सम्म पुग्नुपर्ने वताउनु भयो ।

केन्द्रीय सदस्य हिमशिखरले महान जनयुद्धको २८औं वार्षिकोत्सबको शुभकामना दिदै पार्टीले अगाडि सारेको आगामी दिनमा हुने राष्ट्रियता,जनतन्त्र,जनजीविकाका साथै महंगी, भ्रष्टाचार ,लघुबित्त,मिटरब्याजि लगायत बिबिधखाले बेथिति बिसंगतिका विरुद्ध हुने सबैखाले संघर्षका कार्यक्रममा सक्रियतापूर्बक सहभागी हुन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

पश्चिम कमान्ड ईन्चार्ज पहलमान सी को अध्यक्षतामा सम्पन्न प्रशिक्षणको गेरुवा गाउँपालिका सेक्रेटरी दान ब .कुमालले संचालन गर्नु भएको थियो भने कार्यक्रममा पुर्बिकमाण्ड ईन्चार्ज राम सी, गुलरिया नगर सेक्रेटरी पदम सी लगायतले पनि सम्बोधन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस